कोरोना संक्रमीतहरुको संख्या बढेसगै रौतहटमा पिसीआर परिक्षणकोलागि प्रयोगशाला निर्माणको बिषयमा पनि छलफल शुरु भएको छ ।
रौतहटमा आइसोलेशन वार्ड र प्रयोगशाला निर्माणकालागि स्थानीय तहहरुले पहलकदमी शुरु गरेका छन । सदरमुकाम गौर आज सम्पन्न जिल्ला बिपत ब्यवस्थापन समितिको बैठकमा जिल्लामा रहेका १८ वटा स्थानीय तहले ५ लाखका दरले पिसीआर प्रयोशाला निर्माण तथा संचालनकालागि आर्थिक अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।
नेपालमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्नकालागि स्थानीय तहले पिसीआर प्रयोगशालाको निर्माण बीरगंज महानगरपालिकाले मात्र गरेको छ । अन्यत्र यो बिषयमा छलफलहरु भएपनि ठोस काम भने हुन सकेको छैन । रौतहटमा स्थानीय तहका प्रमुखहरुले लिएको पहलकदमीले कति सार्थकता पाउछ त्यो भने हेर्न बाँकी नै रहेको छ ।
जिल्ला बिपत ब्यवस्थापन समितिको आजको बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ प्रदेश सभा सदस्यबाट ५ लाखका दरले र ४ जना संघीय सासदबाट १० लाखका दरले सहयोगको माँग गर्ने निर्णय समेत गरेको जसपाका नेता रेवन्त झाले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया