logo

नेकपा एमालेका अध्यक्ष के.पी.ओली शनिवार बीरगंज आउने, शपथग्रहण तथा शुभकामना कार्यक्रममा सहभागि हुने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०७: ४३ मा प्रकाशित     881   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.ओली भोली शनिवार कार्तिक १८ गते बीरगंज आउने कार्यक्रम तय भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीको बीरगंज भ्रमणलाई सफल बनाउन पार्टी पंक्ति परिचालन गरिएको नेकपा एमाले पर्साका संयोजक डा. बिश्वम्भर कुमार शर्माले जानकारी दिए ।

 


बिजय दशमी, दीपावली छठ र नेपाल सम्वतको अवसर पारेर नेकपा एमाले पर्साले आयोजना गरेको चियापान तथा शुभ कामना आदान प्रदान कार्यक्रममा पार्टी अध्यक्ष ओलीको सहभागिता रहने छ ।

 

कार्यक्रम बीरगंजको नगरसभागृहमा हुने नेकपा एमालेका मधेश प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिएका छन । स्थानीय तहको निर्वाचन अघि पार्टी अध्यक्ष ओलीले बीरगंजमा जनसभालाई सम्बधोन गरेका थिए ।

 

मधेश प्रदेशमा नेकपा एमालेका सचिव योगेश भट्टराई इन्चार्जको रुपमा आएपछि नेकपा एमालेको सांगठानीक गतिबिधिले तिब्रता पाएको छ । पार्टीको मधेश प्रदेशको अधिवेशन सर्वसम्मत रुपमा सकिएको छ ।

 

जन संगठनकाका प्रदेश स्तरीय अधिवेशन पनि सम्पन्न भएका छन । सिंगो पार्टी पंक्ति मिशन ०८४ मा लागेको छ नेकपा एमालेको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले भने “पार्टी अध्यक्ष के.पी.ओलीको बीरगंज आगमनले पनि पार्टीको एकता र मिशन ०८४ को महत्वलाई थप बल पुर्याउने छ ।


पार्टी अध्यक्ष ओलीले शनिवार नै मधेश प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन ।

 

पार्टीको पर्सा जिल्ला कमिटीको आयोजनामा शुभकामना तथा जिल्ला कमिटीको ब्यवस्थापनमा प्रदेशको शपथग्रहण कार्यक्रममा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उपाध्यक्ष यादवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.