logo

हर्कपुरबाट एमाले अध्यक्ष ओलीको सन्देश ,एमालेले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ

 इसीमाना सम्वाददाता     २०८० मंसिर २६ गते १७: १८ मा प्रकाशित     346   पटक पढिएको

ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्रै देशमा शान्ति सुव्यस्था कायम गर्न सक्ने बताएका छन ।

पार्टीको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न सक्ने बताएका हुन ।

 

अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न पनि एमालेलेमात्रै गर्न सक्ने बताए । अध्यक्ष ओलीले भने ‘एमाले मात्रै हो जसले शान्ति सुव्यवस्था कायम गर्न सक्छ, भ्रष्टाचार नियन्त्रण गर्न सक्छ, तस्करी नियन्त्रण गर्न सक्छ, सुशासन दिन सक्छ, कानुनको राज, न्यायको राज एमालेले मात्रै दिन सक्छ।’

देश र जनताका लागि काम गर्ने अनि राष्ट्रिय हितका लागि काम गर्ने पार्टी एमाले मात्रै हो भन्ने पुष्टि भइसकेको उनले प्रष्ट पारे ।

अध्यक्ष ओलीले एमाले जतिबेला सरकारमा पुगेको छ त्यतीबेला राष्ट्र हितको पक्षमा काम गरेको बताए ।


एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताए उनले “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको बताए ।


आजै खोटाङको हलेसीमा स्थानीय बासिन्दा,कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । आजको बास खोटाङको दिक्तेलमा हुनेछ । आज यात्राले ६६ किलोमिटरको दुरी पार गर्ने छ ।

 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुष १ गते समापन हुदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.