हेटौडा। राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा तटस्थ बस्ने घोषणा गरेको छ ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टी तटस्थ बस्ने जानकारी गराएका हुन् ।
उनले राप्रपाका लागि कुनै पनि दल टाढा र नजिक नरहेको भन्दै तटस्थ बस्ने जानकारी गराए । प्रदेश सभामा राप्रपाका १३ सांसद छन । त्यस्तै ३ सांसद भएको नेमकिपा तटस्थ रहने भएको छ ।
तपाईको प्रतिक्रिया