logo

 समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

 इसीमाना सम्वाददाता     २०८० चैत २० गते १६: ५२ मा प्रकाशित     1164   पटक पढिएको

देउखुरी । समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश कमिटी निर्माण भएको छ । प्रदेशको राजधानी देउखुरीम भएको भेलाले प्रदेश कमिटी गठन गरेको हो ।

सन्तोष पाण्डेको अध्यक्षतामा महासंघको प्रदेश कमिटी बनेको महासंघका केन्द्रीय उपमहासचिव तबरेज अहमदले जानकारी दिए । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अगुवा किसान भेला पार्टीका प्रदेश अध्यक्ष असोक यादवको अध्यक्षतामा भएको थियो ।

 

महासंघको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर मुख्य सचीवमा जाबेद आलम, सचिवहरु टेकराज के.सी. कन्हैया राजभर, कोषाध्यक्ष निरा चौधरी र सदस्यहरुमा मन्जु चौधरी, रामलखन यादव लगायत २९ सदस्यीय कमिटी गठन गरेको छ । कार्यक्रममा समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहले किसान समृद नभए देश समृद नहुने बताए । उनले देशको किसानको अवस्था बद्लिए देशको अवस्था पनि बद्लिने बताए ।


कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका राजनीतिक समितिका सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज नवीन सुनुवारले अबको आन्दोलन किसानहरुको समस्यालाइ लिएर गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमी ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले केन्द्रिय कृषि नीतिको कमजोरीले पनि किसानहरुको आवश्यकता पूरा गर्ननसकेको बताए ।

 

उनले अरु प्रदेश भन्दा लुम्बिनी प्रदेश सरकार किसानहरुको खाद्य लगायत अन्य समस्याहरुको सम्बोधनमा अगाडि रहेको दावी गरे । कार्यक्रममा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई महासंघका लुम्बिनी प्रदेश उपाअध्यक्ष माधवराम बर्मा, अम्बिका काफ्ले, समाजबादी किसान महासंघ नेपालका केन्द्रिय महासचिव ओम श्रेष्ठ, उपमहासचिव तबरेज अहमद, केन्द्रिय सदस्य हरिकला चौलागाइ, तराई थरुहट अवध प्रदेश अध्यक्ष सुमित्रा चौधरी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

 

कार्यक्रममा समाजवादी किसान महासंघ कार्यसम्पादन समिति सदस्य श्रावण यादवले कार्यक्रमको उदेश्य र स्वागत मन्त्ब्य व्यक्त गरेका थिए ।नवगठित पदाधिकारी एवम् सदस्यहरुलाइ पद तथा गोपिनियताको सपथ ग्रहण उपमहासचिव तबरेज अहमदले गराएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवाकिसानहरुको उपस्तिथि रहेको महासचीव ओम श्रेष्ठले बताए । कार्यक्रम संचालन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव राजन राना मगरले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.