logo

 समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

 इसीमाना सम्वाददाता     २०८० चैत २० गते १६: ५२ मा प्रकाशित     1072   पटक पढिएको

देउखुरी । समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश कमिटी निर्माण भएको छ । प्रदेशको राजधानी देउखुरीम भएको भेलाले प्रदेश कमिटी गठन गरेको हो ।

सन्तोष पाण्डेको अध्यक्षतामा महासंघको प्रदेश कमिटी बनेको महासंघका केन्द्रीय उपमहासचिव तबरेज अहमदले जानकारी दिए । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अगुवा किसान भेला पार्टीका प्रदेश अध्यक्ष असोक यादवको अध्यक्षतामा भएको थियो ।

 

महासंघको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर मुख्य सचीवमा जाबेद आलम, सचिवहरु टेकराज के.सी. कन्हैया राजभर, कोषाध्यक्ष निरा चौधरी र सदस्यहरुमा मन्जु चौधरी, रामलखन यादव लगायत २९ सदस्यीय कमिटी गठन गरेको छ । कार्यक्रममा समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहले किसान समृद नभए देश समृद नहुने बताए । उनले देशको किसानको अवस्था बद्लिए देशको अवस्था पनि बद्लिने बताए ।


कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका राजनीतिक समितिका सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज नवीन सुनुवारले अबको आन्दोलन किसानहरुको समस्यालाइ लिएर गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमी ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले केन्द्रिय कृषि नीतिको कमजोरीले पनि किसानहरुको आवश्यकता पूरा गर्ननसकेको बताए ।

 

उनले अरु प्रदेश भन्दा लुम्बिनी प्रदेश सरकार किसानहरुको खाद्य लगायत अन्य समस्याहरुको सम्बोधनमा अगाडि रहेको दावी गरे । कार्यक्रममा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई महासंघका लुम्बिनी प्रदेश उपाअध्यक्ष माधवराम बर्मा, अम्बिका काफ्ले, समाजबादी किसान महासंघ नेपालका केन्द्रिय महासचिव ओम श्रेष्ठ, उपमहासचिव तबरेज अहमद, केन्द्रिय सदस्य हरिकला चौलागाइ, तराई थरुहट अवध प्रदेश अध्यक्ष सुमित्रा चौधरी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

 

कार्यक्रममा समाजवादी किसान महासंघ कार्यसम्पादन समिति सदस्य श्रावण यादवले कार्यक्रमको उदेश्य र स्वागत मन्त्ब्य व्यक्त गरेका थिए ।नवगठित पदाधिकारी एवम् सदस्यहरुलाइ पद तथा गोपिनियताको सपथ ग्रहण उपमहासचिव तबरेज अहमदले गराएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवाकिसानहरुको उपस्तिथि रहेको महासचीव ओम श्रेष्ठले बताए । कार्यक्रम संचालन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव राजन राना मगरले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.