logo

चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षाः उपाध्यक्ष घिमिरे

 इसीमाना सम्वाददाता     २०८१ सावन १८ गते ०८: २७ मा प्रकाशित     369   पटक पढिएको

काठमाण्डौ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा हुन सक्ने विचार ब्यक्त गर्नुभएको छ ।


फ्रेण्डस् अफ सिल्क रोड क्लबले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नेपालको विकासका लागि चीनको अनुभव सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले चीनले छोटो समयमा हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै शिक्षा लिएर अघि बढ्नुपर्ने विचार ब्यक्त गर्नुभएको हो ।


‘चीनले आफ्नो अर्थतन्त्रमा उल्लेखनीय रुपान्तरण गर्दै करोडौं मानिसहरूलाई गरिबीबाट मुक्त गराउन सफल भएको अनुभव विकासशील राष्ट्रहरूको लागि महत्वपूर्ण प्रेरणाको स्रोत हो ।’, उहाँले भन्नुभयो ‘नेपालले आफ्नो विकासका लक्ष्यहरू हासिल गर्ने यात्रा सुरु गर्दा यो चीनको अनुभवबाट शिक्षा लिनुपर्छ ।’


उपाध्यक्ष घिमिरेले नेपाल र चीनका बिचमा जनस्तरमा राजनीतिक, आर्थिक, सांस्कृतिक लाभहरुको आदान–प्रदान हुँदै आएको चर्चा गर्दै त्यसको माध्यमबाट सम्पर्कका सञ्जालहरुलाई बढाउँदै आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र आम नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने धारणा ब्यक्त गर्नुभयो ।


चीन र नेपालले पूर्वाधार विकास, कृषि र ग्रामिण विकास, पर्यटन र ग्रामिण बिकास, शिक्षा र क्षमता बिकास तथा हरित बिकास र वातारण संरक्षण क्षेत्रमा सँगै काम गर्न सक्ने क्षेत्रहरू भएको भनाई उहाँको छ ।

ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क नेटवर्क मार्फत सडक, रेल र हवाई सम्पर्कहरू बढाउँदा नेपालको लागि नयाँ आर्थिक अवसरहरू खोल्ने महत्वपूर्ण परियोजना हुन सक्ने बताउँदै उपाध्यक्ष घिमिरेले चीनले कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तर सुधार गर्न गरेको अनुभव आदान– प्रदान गरेर नेपालको कृषि क्षेत्रमा रूपान्तरण ल्याउन सकिन्छ भन्नुभयो ।


यसैगरी चीनको सहयोगमा बनेका पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट चीनका बिभिन्न शहरमा सिधा हवाई सम्पर्क कायम गर्न आवश्यक भएको बताउँदै उपाध्यक्ष घिमिरेले नेपालको पर्यटन विकासका लागि यसले कोशेढुंगाको काम गर्छ भन्नुभयो ।

‘नेपाल र चीनले जलवायु परिवर्तन र वातावरणीय क्षतिको विश्वव्यापी चुनौतीहरूको सामना गर्दै, चीन र नेपालले हरित विकासका लागि सहकार्य गर्न सक्छन् ।

 

’ उहाँले भन्नुभयो, ‘यसबाट नवीकरणीय ऊर्जा, दिगो कृषि र वातावरणीय संरक्षणमा उच्चतम प्रविधि र उत्तम अभ्यासहरू समावेश गर्दै हाम्रो विकासलाई प्रकृतिसँग समन्वयमा ल्याउन सुनिश्चित गर्न सकिन्छ।’


उहाँले चीन र नेपालबीचको सम्बन्ध ऐतिहासिक रुपमा प्रगाढ छ, र आपसी सम्मान, विश्वास र समझदारीको बलियो आधारमा स्थापित भएको बताउँदै नेपाल एक चीन नीति प्रति सधै प्रतिबद्ध रहेको दोहो«¥याउनुभयो ।
समाप्त

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.