जनकपुरधाम । मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री पदमुक्त भएका छन। उनीहरु पदमुक्त भएपछि मधेश प्रदेश सरकारको मंत्रीमण्डल १२ सदस्यीय भएको छ ।
यसअघि मंत्रीमण्डल २० सदस्यीय भएको थियो । अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।
मुख्यमन्त्री सतिशकुमार सिंह पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।
त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।
मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। नेकपा एमालेका तीन राज्यमंत्रीले सोमवार नै राजीनामा दिएका थिए ।
तपाईको प्रतिक्रिया