काठमाडौं । नेकपा एसका नेता डा.द्वारिका उप्रेतीे मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन । उनलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा प्रवेश गराएका हुन ।
डा. उप्रेतीलाई महासचिव पोख्रेलले पार्टी मुख्यालय च्यासलमा पार्टी प्रवेश गराउनु भएको हो ।
बिद्यार्थी राजनीतिबाट स्थापित भएका डा.उप्रेती पत्रकारितामा पनि लामो समय सक्रिय थिए ।
नेकपाको बिभाजन पछि नेकपा एसमा लागेका डा.उप्रेतीलाई सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
बारका स्थायी बसिन्दा उप्रेती अव भूगोलको राजनीतिमा सक्रिय हुने भएका छन ।
उनले मधेशमा क्रियाशिल हुने गरि अवको कदम अगाडि बढाउने कुरा आफनो सामाजिक संजाल मार्फत सार्वजनीक गरेका छन ।
उप्रेतीेको एमाले प्रेवेशसंगै बारा एमालेमा उत्साह संचार भएको छ ।
तपाईको प्रतिक्रिया