logo

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन निर्वाचित,प्रवेशले उठाए गम्भिर सवाल

 इसीमाना सम्बाददाता      २०८१ भदौ २ गते १७: १२ मा प्रकाशित     393   पटक पढिएको

बीरगंज । पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन साह सोनार निर्वाचित भएका छन । उनका निकटम प्रतिद्वण्दी प्रवेश सर्राफलाई पराजित गर्दै भुलन विजयी भएका हुन् । भुलनले १ सय ६२ मत प्राप्त गर्दा प्रवेश सर्राफले १ सय ४९ मत पाए ।


संघको १३ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र दुई सदस्य बाहेक सबै पदाधिकारी र सदस्यमा सोनारकै प्यानल निर्वाचित भएको छ ।

 

उपाध्यक्षमा सोनार समुहकै कौशल किशोर सर्राफ १ सय ४९ मतका साथ विजयी भएका छन् भने अर्को उपाध्यक्षमा सर्राफ समुहका जयप्रकाश सर्राफ १ सय ४४ मतका साथ निर्वाचित भएका छन्।


यस्तै महासचिवमा सोनार समुहका अनिल कुमार सर्राफ १ सय ७७ मत, सचिवमा विकास सर्राफ १ सय ४६ मत र कोषाध्यक्षमा विजय कुमार सर्राफ १ सय ५१ मतका साथ निर्वाचित भएका छन्।


यसैगरी सदस्यमा विजय सर्राफ, विजय कुमार सर्राफ, लक्ष्मण सर्राफ, मनोज साह, शशी सर्राफ,सुरज सर्राफ र पूजा दैवी निर्वाचित भएका छन्।


यता अध्यक्षमा पराजीत प्रवेश सर्राफले समाजिक संजाल मार्फत आफूलाई मतदान गर्ने सबैलाई आभार प्रकट गरेका छन । उनले नयाँ समिति निर्वाचित गराउने मतदातालाई चार वर्ष देखी संघको आय ब्यय बिवरण साधारण सभामा प्रस्तुत नभएको प्रति भने गम्भिर ध्यानाकर्षण गराएका छन ।

उनले लेखेका छन“ ४ वर्षको हिसाव बिताव साधारण सभामा पेश गर्न नसक्ने समिति सभाहल नै छाडेर भागे अव तिनलाई सोध्न सक्नुहुन्छ ? ।

 

उनले भनेका छन तपाईहरुका आवाज बनेर बोल्ने मेरो कर्तब्य थियो त्यो मैले गरे यदी मेरो यो काम गल्ती हो भने तपाईहरु आफै मनन गर्नुहोला सबैको जय होस ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.