logo

सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाई बदल्नुपर्दछः  मुख्यमन्त्री कडेल

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ६ गते ०७: ३८ मा प्रकाशित     378   पटक पढिएको

रुकुम पश्चिम  । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन  ।

 

मंगलवार मुसिकोटमा आयोजित नेकपा एमालेको कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले  सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि नबदलिने बताए ।

    योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै  मुख्यमन्त्री कडेलले  पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो नेतृत्वको सरकारले रोक्ने ठोकुवा गरे।

 

सरकारी योजना छनौट गर्दा जनताले राहत महशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कंडेललेको धारणा थियो । 

परिर्वतित सन्दर्भमा  शक्ति र शासन देखाएर सत्ता टिकाउने जामाना गईसकेको बताउदै मुख्यमन्त्री कडेलले बजेट ल्याईदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझाव समेत दिए ।

 

बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला मुख्यमन्त्री कडेलले भने, तर राम्रो नीति र कानून बनाउदा त्यसको लाभ दिर्घकालीन रुपमा सबै नागरिक पाउछन र सरकारप्रति भरोसा बढ्छ । 

सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आव्हान गरे ।

 

योजना र बजेटका लागि पहल जसले पनि गर्न सक्छ पहल गर्नेसबैलाई धन्यवाद दिनुहोस मुख्यमन्त्री कडेलले भने तर ति योजनाहरु पहल गर्नेका होइनन नागरिकका हुन भनेर तपाईहरुले बुझाउन प्रयत्न गर्नुहोस । 

एक अर्को प्र्रसङ्गमा मुख्यमन्त्री कडेलले राजनीतिलाई कुनै पेशा वा व्यवसाय नबनाई समाज सेवा गर्ने साधनको रुपमा लिनुपर्ने धारणा राखे  ।

 

राजनीतिमा लागेर के पाइयो भन्ने वितृष्णा पैदा हुने प्रचलन रहेको तर्फ सकेत गर्दे मुख्यमन्त्री कंडेलले राजनीतिमा निष्ठा, सर्मथन र त्यागसहितको सेवाभाव अझै जरुरी रहेको बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.