प्रधानमंत्री के.पी.ओलीको संसद बिघठनको कदमका बिरुद्ध सडकमा आन्दोलन गरिरहेका राजनीतिक दलहरु निर्वाचनको तयारीमा पनि उत्तिकै सक्रियतापूर्वाक लागेका छन ।
पर्सामा निर्वाचन कार्यालयले आयोजना गरेको गरेको निर्वाचन सम्बन्धी अन्तरक्रियामा उनीहरुको सहभागिताले पनि यह कुरालाई देखाउछ।
जिल्ला निर्वाचन कार्यालय पर्साले बैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनकालागि मतदान केन्द्र निर्धारण गरेको छ । पर्साका राजनीतिक दलका नेताहरुको सहभागितामा कार्यालयले निर्वाचनकालागि मतदान केन्द्र निर्धारण गरेको हो ।
दलका नेताहरुको सहभागितामा भएको कार्यक्रममा आयोगले पर्सामा थप १० वटा मतदान केन्द्र निर्धारण गरेको छ । शुक्रवार आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजना गरेको सर्वपक्षीय कार्यक्रम आगामी निर्वाचनको लागि १० वटा मतदान केन्द्र थप्ने निर्णय गरेको हो ।
बैठकले छिपहरमाई गाउँपालिकामा २, सखुवाप्रसौनी गापामा १, कालिकामाई गापामा १, पोखरिया नगरपालिकामा २ र बहुदरमाई नगरपालिकामा १ र वीरगंज महानगरमा ३ गरी १० वटा मतदान केन्द्र थप गरेको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, सहायक प्रजिअद्वय धु्रव गिरी र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, नेकपाका प्रभु हजरा, नेपाली काङ्ग्रेसका अजय द्विवेदी, अरविन्द गुप्ता, किशोरी साह, जसपा नेपालका रामनरेश यादव, तबरेज अहमद, राप्रपाका सुमेश्वर उपाध्याय, नेपाली जनता दलका मनोज रौनियार, जनता पार्टीका रामपुकार रौनियारलगायतको सहभागिता थियो।
निर्वाचन प्रयोजनकालागि भएको तयारीमा संसद पूर्नस्थापनाको माँग राखेर आन्दोलनमा उत्रिएका दलहरुको सहभागिता रहनुले दलहरु आन्तरिक रुपमा चुनावको तयारीमा रहेको देखाउछ । सर्वोच्च अदालतले समेत संसद बिघठनलाई सदर गर्ने बिश्वासका कारण दलहरु आफूलाई चुनावकालागि पनि तयारी गर्दै लगेको जसपाका एक नेताको टिपपणी छ ।
तपाईको प्रतिक्रिया