ठोरी गाउँपालिकामा नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका कमिटीका सचिव गोविन्द प्रताप श्रेष्ठको अध्यक्षतमा भएको भेलामा नेताहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं पर्साका अध्यक्ष प्रभू हजराले प्रचण्ड र माधव नेपालको पद र शक्ति प्रतिको लालशाका कारण पार्टी संकटमा परेको बताउनु भयो ।
उहाँले प्रधानमंत्रीलाई आफनै पार्टीबाट हटाउने प्रतिगामी षडयन्त्रलाई निस्तेज पार्न संसद बिघठन गर्नु परेको बताउनु भयो । तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक बिधानको प्रवन्धको बर्खिलाप हुने गरि पार्टीमा १८ पेजको आरोप पत्र दर्ज गरेर पार्टी एकतालाई बिराम लगाएको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताउनु भयो ।
उहाँले प्रधानमंत्री ओलीको नेतृत्वमा नै मजवुत राष्ट्रीयताको जग बस्ने र नेपाली जनताले शान्ति र समृद्धि हासील गर्ने बताउनु भयो ।
वक्ताहरुले ठोरी गाउँपालिकाले नागरिकलाई दिने सेवा प्रभावकारी पारदर्शी नभएको बताउनु भयो । उहाँहरुले गाउँपालिका नेतृत्वले अनुत्पादक क्षेत्रमा राज्यको श्रोत लगाएको आरोप लगाए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु डा. बिश्वम्भर शर्मा ,जयप्रकाश थारु ,पर्सा जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर नेउपाने,साबिक निर्मलबस्ती गाबिस अध्यक्ष लाल बहादुर श्रेष्ठ, साबिक ठोरी गाबिस अध्यक्ष उद्धव सापकोटा, अनेरास्ववियु ठोरी अध्यक्ष मोनिका घतानी जिल्ला सदस्य अप्सरा तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोकुली रेग्मीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया