logo

युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले कुलतबाट बचाउनु पर्छः गृह तथा संचार मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १ गते ०७: ३२ मा प्रकाशित     327   पटक पढिएको

राजविराज । मधेश प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले यसको उपयोग गर्न  कुलतबाट बच्नु पर्ने बताएका छन । 


मधेश प्रदेशका गृह,सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामद्वारा सप्तरीको कञ्चनपुरमा शनिबार आयोजित सुरक्षा र विपद सम्बन्धि सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले कुलतमुक्त समाज निर्माणको वतावरण बनाउन समाजमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


उनले भने युवा बिद्यार्थी मुलुकको भबिष्य हुन उनीहरुलाई सकारात्मक दिशामा अग्रसर गराउन आबश्यक छ ,

 मन्त्री लेखीले सरकार सचेतना मुलक कार्यक्रमलाई निरन्तर गर्दै जाने बताए ।  सभ्य समाज निर्माणका लागि लागूऔषध र कुलतको जोखिमबाट हुने अपराध न्यूनीकरण गर्नु अति जरुरी छ मन्त्री लेखीले भने युवा विद्यार्थी भनेको देशको भविष्य हो, उनीहरूको सोचलाई सकारात्मक बनाउनु पर्छ।’


उनले विभिन्न क्षेत्रका विज्ञहरुद्वारा गरिएको प्रस्तुतिकरणले सबै प्रकारको जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा मधेस प्रदेशका नीति आयोगकी सदस्य डा. शिला मिश्रले साँस्कृतिक संरक्षण र दाइजो ,आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले लागूऔषध, हिंसा, मानसिक समस्या दाइजोलगायतका सचेतना एवम् संदेश मुलक भिडिओ प्रदर्शन, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले लागूऔषध दुर्व्यवसनी र साइबर क्राइमबाट आउने समस्या र कानूनी सजाय, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कुमार कर्णले युवा  सञ्चार र सामाजिक सञ्जाल, सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले विपद व्यवस्थापन र क्षमता व्यवस्थापन र प्रदेश ट्राफिक प्रहरी कार्यालय पतलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम किरण बोगटीले ट्राफिक अपराध र कानून व्यवस्था, डा. सुरेश चौधरीले,विपद समस्या र चुनौती, डा. दिपक गुप्ताले सूचना प्रविधिको विकास र युवा विद्यार्थी बारे आ आफ्नो प्रस्तुतिकरण राखेका थिए । 

May be an image of one or more people, people studying and crowd
कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णाप्रसाद ढकाल,  गृह, सञ्चर तथा कानून मन्त्रा लयमा सचिव उद्धव प्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उप निर्देशक सुरेन्द्र कोइराला लगायतका स्थानीय जनप्रतिनिधि, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका विभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा कक्षा ११ र १२ मा अध्यनरत ७ सयबढी छात्रछात्राहरुको सहभागीता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.