वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
आम हडताल सफल बनाउन बन्द गराउदै हिडेका पार्टीका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।
वीरगंजको घण्टाघर चौकबाट नेकपा वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनोज चौधरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलाम, प्रचार बिभागका पूर्व सदस्य अरबिन्द सिंह, टुनटुन तिवारी, सुनिल कुशवाहा, विद्यार्थी नेता रामबाबु मण्डल लगायत पक्राउ परेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध पार्टीको केन्द्रिय संघर्ष समितिद्वारा घोषित आम हड्ताल सफल बनाउन घण्टाघर पुगेका आफुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको अरविन्द सिंहले बताउनु भयो । पक्राउ परेको सबै जनालाई पुरानो अञ्चल प्रहरी कार्यालय परिसरमा राखिएको छ ।
तपाईको प्रतिक्रिया