logo

यो सतहमा देखिए जस्तो सामान्य समस्या होइन गहिरो संकट होः नेपाली काग्रेसका युवा नेता थापा

      2/7/2021 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाण्डौमा कम्युनिष्टहरुको रमिता रहेको बताउनु भएको छ । पर्साको बगहीमा आज पार्टीले आयोजना गरेको पार्टी प्रवेश तथा आम सभामा यस्तो बताउनु भएको हो ।उहाँले काठमाण्डौको  पोलमा ठुलो पोष्टरमा प्रधानमंत्री झुण्डीनु भएको छ ।

 

त्यहाबाट भागेर सडकमा गयो भने सडकमा अर्का कम्युनिष्ट यहा छु भनेर बसेको भेटिन्छ । नेता थापाले  भन्नु भयो यो मधेशमा बनिएको उहानद “केहु हिरा चोर केहु खिरा चोर” जस्तो देखिएको बतानउु भयो ।

 

उहाँले यो सतहमा देखिए जस्तो समान्य समस्या नभएकोे चर्चा गर्दै यो गहिरो संकट भएको बताउनु भयो । यस लाई हलगर्न नसके सबैले ठुलो मुल्य चुकाउनु पर्छ उहाँले भन्नु भयो  यो संकट गहिरियो भने तपाई र म आफनै सपनाको मलामी जानु पर्छ । नेता थापाले सम्बिधान हामीले मात्र होइन सिंहदरवार बानेश्वरमा बसेका केही सासदले मात्र होइन यो निर्माण गर्नै सबैको योगदान रहेको बताउनु भयो ।

 

सम्बिधान बनेपछि तीन प्रवृति देखा परेको चर्चा गर्दै उहाँले कोही समिबधानमा सम्पूर्ण कुरा छ भन्ने कोही यसमा केही छैन भन्ने तर हामीले सम्बिधानमा धेरै छ तर धेरै छैन थप्नु पर्छ नेपाली कांग्रेसले यही भनेको छ । यो जगमा बलियो घर बनाउनु पर्छ ।

 

स्वतन्त्रता दिने आधार तय गरेको छ । आर्थिक धार्मिक सांस्कृतिक स्वतन्त्रता  दिएको छ ।  सबैलाई समान आधार दिएको छ । जन्मिदा गरिवीमा रहेको नागरिक मर्ने बेला सम्म त्यो परिर्वतन भएन भने त्यो राज्यको के अर्थ ? भन्ने प्रश्न उहाँले उठाउनु भयो ।

 

नेता थापाले यो सम्बिधानले बाराबर सम्मान पूर्वक बाँच्ने आधार दिएको बताउनु भयो । यो सम्बिधानका सिद्धान्तहरु त्यसै आएको होइन उहााले भन्नु भयो “ यो सम्बिधानमा महिला र पुरुष बराबर लेखिएको छ । तर वास्तवमा महिला पुरुष बरावर भएको छ की छैनन त्यसकोलागि प्रश्न गर्न यो सम्बिधानले प्रश्न गर्न प्रेरित गरेको छ ।उहाँले प्रधानमंत्रीको लामो सूचीमा एउटा थारु एउटा मधेशी एउटा मुस्लिम किन प्रधानमंत्री भएन भन्ने कुरामा प्रश्न गर्न प्रेरित गर्ने बताउनु भयो ।

 

उहाँले सेनापति कहिल्यै  यादव कर्मुी थारु र झा किन हुदैन भन्ने प्रश्न गर्न सम्बिधानले उत्प्रेरित गरेको छ । तर आज हामी काहा उभिएका छौ यो बिषयमा सवाल गर्नु पर्ने भएको छ । सात प्रदेश बनाउदैमा राज्यको चरित्र सोच र चिन्तनमा परिर्वतन नआउने उहाँको भनाई छ । 

 


केपी ओलीले रेल र पानी जाहाजको कुरा गर्नु भयो तर त्यसमा चढ्नेहरुका बारेमा केही बोल्नु भएन । नेता थापाले भन्नु भयो ओलीले पुष ५ गते संसद बिघठन गर्नु भयो यो संसद बिघठन होइन यो सम्बिधानको बिघठन हो । यो सम्बिधान बिघठनको  पक्षका कांग्रेस उभिन सक्दैन कांग्रेले भन्यो यो असम्बैधानिका कदम हो । नेता थापाले यसलाई रोक्न सकिएन भने अर्को पुस्ता खेर जान्छ ।

 

प्रजातान्त्रिक अधिकार प्राप्त गर्ने आन्दोलनमा धेरै पुस्ताको जमानी गएको छ । त्यसैले यो पटक गुम्न नदिन सजग रहन आग्रह गर्नु भयो । ओलीले पशुपती घुम्दै भगवान प्रतिको अस्थामा खेलवाड गर्दै हुनुहुन्छ नेता थापाले भन्नु भयो प्रदेश २ का नागरिकलाई नागरिकता नदिने तर भगवान रामलाई नागरिकता दिने पक्षमा छन ।

 

उहाँले ओलीको देशभक्तीपूणधार भूत्ते भएपछि आज धार्मिक मुद्धामा लाग्नु भएको बताउनु भयो ।  उहाँले सम्बिधानमा बहुमत प्राप्त प्रधानमंत्रीले संसद बिघठन गर्ने नपाउने ब्यवस्था गरेको छौ । अदालतले त्यही आधरमा  फैसला गर्ने बिश्वास रहेको उहाँले बताउनु् भयो  ।

 


ओलीलाई यत्रो दुष्सहास गर्ने  वतावरण कसले बनायो भन्ने प्रति प्रश्न गर्दै नेता थापाले  प्रचण्ड र माधव नेपालका कारण यस्तो भएको बताउनु भयो । उहाँले ओलीलाई दुई तिहाई पुर्याउने उपेन्द्र यादव समेत त्यसको दोषी रहेको उहाँले बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.