logo

कोभिडकालमा संचारक्षेत्रलाई राहत उपलब्ध गराउन नसकेकोमा प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधारमंत्री सोनल दुखीत

      2/14/2021 गते 00 00 मा प्रकाशित     833   पटक पढिएको

प्रदेश नं.२ सरकारका भौतीक योजना तथा पूर्वाधार मंत्री जितेन्द्र सोनलले प्रदेश सरकारले कोभिडकालमा प्रदेशका संचार माध्यम र संचारकर्मीलाई राहत उपलब्ध गराउन नसकेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।

 

 

सामुदायिक रेडियो प्रशासक संघले बीरगंजमा दशौ बिश्व रेडियो दिवसको अवसरमा आयोजना गरेको बिपतमा सामुदयिक रेडियोको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 


उहाँले प्रदेश सरकारको मंत्रीपरिषदले संचार क्षेत्रलाई राहत दिने कुरा निर्णय गरेपनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै उहाँले दुःख ब्यक्त गर्नु भएको हो । मंत्रीपरिषदले निर्णय गर्यो मलाई त काम भएको होला भन्ने लागेको थियो उहाँले भन्नु भयो पत्रकारका अगुवा साथीहरुले भनेको सुन्दा नमिठो लाग्यो । मंत्री सोनलले बिगतमा जे भएपनि प्रदेश सरकार संचार क्षेत्र संग मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो । 

 


उहाँले साुमयिक रेडियो बिकास त्यसको अवधारणाको चर्चा गर्दै स्थानीय समुदायको भाषा संस्कृति र उनका समस्यालाई हल गर्न संचालन भएका रेडियोले सामुदायिक अवधारणा बोकेको थाहा पाउदा त्यस्ता रेडियो प्रति सम्मान बढेर आएको उहाँले चर्चा गर्नु भयो । मंत्री सोनलले  मुलुकमा प्रतिनिधि सभाको बिघठन असम्बैधाकि कमद भएको बताउदै यसको हल बेलैमा नआए सम्बैधानिक संकटमा मुलुक फस्ने बताउनु भयो । 

 


कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटा, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष दीपेन्द्र चौहान  उपाध्यक्ष के.सी.लामिछाने पत्रकार महिला समुहका संयोजक लक्ष्मी खरेल बानका प्रदेश अध्यक्ष आरसी यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

 


सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष निमेश कर्णको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार माधुरी महतोले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश २ का आठबटै जिल्लाका सामुदायिक रेडियोका संचालकहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.