logo

कोभिडकालमा संचारक्षेत्रलाई राहत उपलब्ध गराउन नसकेकोमा प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधारमंत्री सोनल दुखीत

      2/14/2021 गते 00 00 मा प्रकाशित     1017   पटक पढिएको

प्रदेश नं.२ सरकारका भौतीक योजना तथा पूर्वाधार मंत्री जितेन्द्र सोनलले प्रदेश सरकारले कोभिडकालमा प्रदेशका संचार माध्यम र संचारकर्मीलाई राहत उपलब्ध गराउन नसकेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।

 

 

सामुदायिक रेडियो प्रशासक संघले बीरगंजमा दशौ बिश्व रेडियो दिवसको अवसरमा आयोजना गरेको बिपतमा सामुदयिक रेडियोको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 


उहाँले प्रदेश सरकारको मंत्रीपरिषदले संचार क्षेत्रलाई राहत दिने कुरा निर्णय गरेपनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै उहाँले दुःख ब्यक्त गर्नु भएको हो । मंत्रीपरिषदले निर्णय गर्यो मलाई त काम भएको होला भन्ने लागेको थियो उहाँले भन्नु भयो पत्रकारका अगुवा साथीहरुले भनेको सुन्दा नमिठो लाग्यो । मंत्री सोनलले बिगतमा जे भएपनि प्रदेश सरकार संचार क्षेत्र संग मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो । 

 


उहाँले साुमयिक रेडियो बिकास त्यसको अवधारणाको चर्चा गर्दै स्थानीय समुदायको भाषा संस्कृति र उनका समस्यालाई हल गर्न संचालन भएका रेडियोले सामुदायिक अवधारणा बोकेको थाहा पाउदा त्यस्ता रेडियो प्रति सम्मान बढेर आएको उहाँले चर्चा गर्नु भयो । मंत्री सोनलले  मुलुकमा प्रतिनिधि सभाको बिघठन असम्बैधाकि कमद भएको बताउदै यसको हल बेलैमा नआए सम्बैधानिक संकटमा मुलुक फस्ने बताउनु भयो । 

 


कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटा, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष दीपेन्द्र चौहान  उपाध्यक्ष के.सी.लामिछाने पत्रकार महिला समुहका संयोजक लक्ष्मी खरेल बानका प्रदेश अध्यक्ष आरसी यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

 


सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष निमेश कर्णको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार माधुरी महतोले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश २ का आठबटै जिल्लाका सामुदायिक रेडियोका संचालकहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.