logo

जगरनाथपुरको धानबाली आगलागी प्रकरण, दोषीलाई कारावही गर्न जसपा पर्साको माँग

 इसीमाना सम्बाददाता     २०८१ पौष १६ गते ०७: ०० मा प्रकाशित     465   पटक पढिएको

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले बीरगंजमा मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै दोषीलाई कारवाही गर्न माँग गरेको छ ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै जसपाले ज्ञापन पत्र बुझाएको हो । 


१० दिन अघी पुष ६ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर निवासी हरेन्द्र यादवको धानबालीमा आगो लगाइएको थियो । 


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आफ्नो जग्गामा गर्न दिएको भन्दै एक पक्षले आगो लगाइदिएको पीडित पक्षहरुको आरोप छ । यादवको साढे तीन विघाको २ सय क्वीन्टल भन्दा बढी धानबालीमा आगो लगाइएको पीडित पक्षको भनाई छ  ।


जनता समाजवादी पार्टी नेपाल पर्साले घटना भएको १० दिन बितिसक्दा पनि दोषीलाई कारबाही नभएपछि मंगलबार वीरगञ्ज प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको हो  ।

 

जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा निकालिएको र्‍याली नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा गएर कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो  ।


दोषीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन ज्ञापनपत्र मार्फत जसपा नेपालले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छिट्टै घटनाको दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

 

 ‘यो घटना गम्भीर, हामी चाँडै अनुसन्धान गरेर पीडितलाई राहत दिलाउने काम गर्छौ,’ उनको आश्वासन छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.