logo

रिटर्नी फेडेरेसनले गर्यो पब्लिक इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाइने

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

 इसीमाना सम्बाददाता     २०८१ पौष १७ गते ०७: २४ मा प्रकाशित     404   पटक पढिएको

काठमाण्डौं । रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ । 


काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो ।

सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका  रविलाल पन्त  , गण्ड

की प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल   रहेका छन । 
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन ।

 

रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले  विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए  । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनमा देशको नेतृत्वमा रिटर्नीहरुले प्रतिनिधित्व गर्ने गरी अगाडि बढनु पर्ने बताए  ।

 

राजनीतिक नेतृत्व र आगामी परिवर्तनको संवाहकको रुपमा रिटर्नीहरु हस्तक्षेपकारी ढंगले अगाडि बढन अध्ययनशिल समेत हुनपर्नेमा जोड दिए  ।

 

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सम्मान एउटा सांकेतिक शुरुवात मात्र भएकोले आगामी दिनमा रिटर्नीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम देशभरि फैलाउने बताए  ।

 

६३ जिल्लामा फैलिएको संगठन सबै जिल्लामा फैलाएर देशव्यापी बनाउन स्थापना दिवसले प्रेरणा दिओस भन्ने शुभकामना दिए  ।

 

चौथो दिवसको दिनसम्म संगठन निर्माणमा साथ दिने सबैलाई धन्यवाद दिदै यो अधिवेशन वर्षमा पालिका देखि केन्द्रसम्म संगठन विस्तार पनि गर्ने र कार्यक्रम भएका ठाउँहरुमा समेत रिटर्नी उधमीहरुलाई  प्रोत्साहन समेत गर्ने गरि कार्यक्रम अगाडि बढाउने शिलशिला जारी रहने पनि जानकारी दिए  ।

 

फेडेरेसन कास्की जिल्ला कमिटीको आयोजनामा पुष्पलाल स्मृति पार्क पोखरामा सरसफाई गर्नुका साथी पार्टी कार्यलयमा केक काटेर स्थापना दिवस मनाइएको छ  ।

 

झापामा स्थापना दिवस मनाउदैं बुद्धशान्ति गाउँपालिकामा भास्कर गडतौलाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । नवलपरासीमा धिरज खरेलको अध्यक्षतामा नया कार्यसमित चयन गरेको  ।

 

यसैगरि फेडेरेसनको स्थापना दिवसको अवसरमा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गरिएको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.