logo

प्रदेश २ का पूर्वाधारमंत्री राजनीतिमा ब्यस्त, प्रदेश प्रमुख डा.अहिराज पुग्नु भयो घरमा

      2/23/2021 गते 00 00 मा प्रकाशित     1027   पटक पढिएको

प्रदेश नं २ का  नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले बाराको परवानीपुरका ७१ वर्षिय लक्ष्मी साह सोनारको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको  ।

 

डा. अहिराजले  बाराको परवानीपुर स्थित घरमै पुगी ७१ वर्षिय सोनारलाई भेटेर उहाँको बारेमा जानकारी लिएर आजै जनकपुर फर्किनु भएको हो ।

 

बिगत लामो समयदेखीको सम्बन्ध भएकै कारण प्रदेश प्रमुख अहिराजले सोनारको घरमा पुगेर भेटघाट गर्नु भएको हो । आफनो बेलामा अथक परिश्रम गरेर सन्तानलाई दिक्षीत गर्ने अभिभावकलाई भेटन पाउदा उत्प्रेणा मिलेको प्रदेश प्रमुख अहिराजले बताउनु भयो । 


सोनारका पुत्र जितेन्द्र सोनल भने प्रदेश २ को सरकारका भौतीक येजना तथा पूर्वाधार मंत्री हुनुहुन्छ । प्रदेश सरकारको दोश्रो बरियताका शक्तिशाली मंत्री आफनो प्रदेशको प्रमुखलाई स्वागत गर्न जानु पर्ने प्रचलन रहेता पनि राजनीतिक ब्यस्तताका कारण मंत्री सोनल  प्रदेश प्रमुखको स्वागतमा नगएको अडकल काट्न थालिएको छ । 


प्रदेश प्रमुखको स्वागतमा मंत्री नगए पनि प्रदेश प्रमुख मंत्रीको घरमै पुग्नु भएको छ ।   प्रदेश प्रमुख आम नागरिकको घरमा जुन वेला पनि पुग्न सक्ने सन्देश मंत्रीको घरमा पुगेको दृष्टान्तले देखाएको छ । राजनीतिमा बिमती र सहमतीका अनेकौ उपक्रम चल्छन तर राजकीय नेतृत्वमा रहेकाहरुले सामान्य शिष्टाचारको अर्थ र मर्ममाथि प्रहार गर्दा त्यसले नकारात्मक संस्कृतिको बिकास हुन पुग्छ ।

 

प्रदेश प्रमुख अहिराजका बिषयमा प्रदेश २ मा सरकार र त्यसका मत्रीहरुले गरेको ब्यवहारले त्यही देखाउछ । तर प्रदेश प्रमुखले पदभार ग्रहण गर्दैगर्दा गर्नु भएको प्रतिवद्धता अनुसार प्रदेश २ का सामान्य नागरिकको घरमा पुग्ने उहाँको सहज र सरल जीवनशैलीले पहिलो पटक नै जनतामा उत्साह संचार गर्न सकेको छ । 

 

 प्रदेश प्रमुख डा. अहिराजले भन्नु भयो “ मंत्री ज्यूको बुबा ७२ वर्षको हुनु भएको छ । उहाँको स्वास्थ्य अवस्थाको बारेमा र अन्य पारिवारीक कुरामा जानकारी लिने दिने काम भयोे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.