logo

निर्वाचित वडाअध्यक्ष सहित दर्जनौ ब्यक्ति नेकपमा प्रवेश, प्रदेश सरकार भ्रष्टचारमा डुबेको संघीय मंत्रीको आरोप

      2/26/2021 गते 00 00 मा प्रकाशित     1529   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढामा नेकपाले आयोजना गरेको सभामा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु नेकपामा प्रवेश गरेका छन ।

 

पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपाका प्रदेश २ का अध्यक्ष एवंक संघीय सरकारका शहरी बिकास मंत्री प्रभू साहले अविल टिका लगाई गम्छा ओडाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।  पर्सा क्षेत्र नं ४ का जसपाका जिल्ला सदस्य एवं नेता नाजिर मिया ,वार्ड अध्यक्ष महेन्द्र साह कलवार,वार्ड सदस्य पहाडी गिरी तत्कालिन संघिय समाजवादी फोरमबाट छिपहरमाई गाउँपालिकाको वडा नं. ३ मा वडाध्यक्षमा चुनाव लडेका अनिल साह, पूर्व अध्यक्ष बिहारी साह कानु , वार्ड सदस्य भागरिथ साह ,वमालुदिन मिया, प्रभू पटेल,बिनोद यादव,काशी साह,खेदा साह,नागेन्द्र साह,सुभाष साह,बिजय साह,लालन साह, अशोक साह, मोतीलाल साह,चन्दन साह, शुक्र साह, ज्योती साह, रमेश साह तुराह,माधव राउत, द्रिजेश यादव, हिरामन बैठा, जगदीश हजरा, पन्चन हजरा,कन्हैया साह, जोगी चौरसिया, रामदेव चौरसिया  मनोज महतो, इसलाम मिया, अनवर मिया , मिथुन मिश्र, हरिन्द्र तात्वा  शरीफ यादव र  मोहन चौरसिया लगायत दर्जनौ ब्यक्तिहरु जसपा र नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका थिए । 


बृहत पार्टी प्रवेश कार्यक्रमलाई समबोधन गर्दै मंत्री साहले   स्थिरता, सुशासन, समृद्धि र विकासको अभियान सफल पार्न प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा गोलबन्द हुन पनि आज जनसमुदायलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा मंत्री साहले प्रदेश सरकारले मधेशका जनताको भावनासंग खेलवाड गरेको दावी गर्नु भयो । उहाँले प्रदेश २ का अग्रजहरुले स्थापित गरेको प्रतिष्ठा अहिलेको प्रदेश सरकारले कायम राख्न नसकेको बताउनु भयो ।

 

उहाँले प्रदेश सरकारले मधेशका नागरिकको कुनै समस्या हल गर्नुको साटो चरम भ्रष्टाचारमा चुर्लुम्म डुवेको बताउनु भयो । मंत्री साहले जनताका आवासकालागि बिनियोजीत रकम काहा गयो आम नागरिकले सवाल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले पदेश सरकारलाई केन्द्र सररकारले उपलब्ध गराएको रकम मधेशका नागरिकको पक्षमा सदुपयोग नभएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।
 
नेकपा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हाजरा, संविधान सभा सदस्य राजकुमार गुप्ता, जयपक्राश थारु, प्रदुम्न चौहान, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्यौपाने, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, नेता जोगिन्द्र साह, बिश्वम्भर शर्मा, बलिराम साह, फुलझरी देवी, अमिताब बचन दास, यसवन्त यादव लगायतको सहभागिता रहेको थियो ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.