logo

साझा बस चलाउन नसक्ने सरकारले टेम्पु चलाउनेहरुसंग कर लिन हुदैनः आजपा अध्यक्ष साह

 इसीमाना सम्बाददाता     २०८१ पौष २७ गते ०७: ४४ मा प्रकाशित     455   पटक पढिएको

बीरगंज । आजपा अध्यक्ष प्रभू साहले साझा बस चलाउन नसक्ने सरकारले टेम्पु चलाउनेहरुसंग कर लिन नहुने बताए ।

बीरगंजमा पार्टीले आयोजना गरेको खवरदारी सभालाई समबोधन गर्दै अध्यष साहले आफनो मातहतमा रहेका उधोगहरुलाई नाफामा संचालन गर्न नसक्ने सरकारले नीजि उधोगहरुसंग कर लिन नमिल्ने बताए ।

May be an image of 13 people, dais, temple and text

उनले कर लिएको अनुपातमा बिकास दिनु पर्ने भन्दै उनले नेताहरु ऐश गर्ने र गरीवका छोरा छोरी ज्यान पाल्न मलेशिया जाने कुरा अव स्वीकार्य नुहने बताए । 


मौलापुर नगरपालिकाको सरकारले सबै कर मिनाह गरेको छ बिजुलीको महशुल जनताले तिर्नु पर्दैन कर नलिएपनि बिकास हुन्छ भन्ने कुरा मौलापुर हेर्न जान उनले देशका सरकार प्रमुखलाई अपिल गरे । 

मधेस प्रदेशले सबैभन्दा बढी राजस्व योगदान गर्दछ। तर, केन्द्र सरकारले थोरै बजेटमात्रै दिन्छ, जुन अस्वीकार्य छ उनले भने अब जनताले करको दुरुपयोग सहन सक्दैनन्  यो आन्दोलन अझ कडा हुनेछ।”

May be an image of 1 person, speaker, crowd and temple
उनले सत्तामा रहेका नेताहरुलाई चोर भन्दै आक्रोशित मुद्रामा भने पर्सामा प्रभू साहको पालामा ३ सय करोडको लागतमा निर्माण भएको सडकको ठेक्का भएको बताए ।

 उनले जनतालाई पटक पटक धोका दिने कांग्रेस एमालले अब वीरगन्जलाई प्रयोग नगर्न चेतावनी दिए ।

उनले भने, ‘पहिले शिक्षा आर्जन गर्न, उपचार गर्न वीरगन्ज आउथे  ।  हराभरा थियो । वीरगन्जको घण्टाघर आजको होईन । नारायणी अस्पताल आजको होईन, कृषि औजार कारखाना आजको होईन, चिनीमिल आजको होईन ।

जतिपनि पूर्वाधारहरुमा आँखा उठाउनुस यी सबै पहिलेकै हो । भने, यी चोर नेताहरुले के गरे म प्रश्न गर्न चहान्छु ।’

बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा वीरगन्जमा केही पनि विकास नहुनु चोर र दलाल नेताहरु कारक रहेको दोषारोपण गरे ।

 

वीरगन्जबाट देशको आधा राजस्व लिने तर वीरगन्जलाई भने केही पनि प्रतिफल नदिने राज्यसँग अब वीरगन्ज चुप लागेर नबस्ने चेतावनी दिए ।

उनले भने, ‘आज नारायणी अस्पतालको दूरदशा किन भयो ? पार्टीका दलाल र झोलेहरूलाई प्रश्न गर्न चाहान्छु ठाकुरराम विश्वविद्यालय हुन्छ कि हुदैन ?’ सरकारले लुट्ने मात्रै काम गर्ने ।

May be an image of one or more people, crowd and text

 यसको रिटर्नीङ केही पनि नदिने सरकारको पहिला भएका जति पनि सम्पत्तिहरु छन् त्यसको रक्षा पनि नहुने आज बेचेर खाने यी नेतहरुलाई प्रश्न गर्ने कि नगर्ने रु अब वीरगन्ज जागेको छ । चुप लागेर बस्दैन ।’

पार्टीका पर्सा अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आमजनता पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरु गरी सयौंको सहभागिता रहेको थियो ।May be an image of one or more people, speaker and crowd

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.