logo

नारायणी अस्पतालको विकास र स्तरोन्नतीका लागि  गम्भिर छुः साँसद हजरा

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०२: १७ मा प्रकाशित     701   पटक पढिएको

वीरगन्ज ।  प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगन्जस्थित नारायणी अस्पतालको विकास र स्तरोन्नतीका लागि आफु सँधै गम्भिर रहेको बताएका छन । 

सासँदहजर बुधवार नारायणी अस्पतालको निरीक्षण गर्दै यस्तो बताएका हुन । उनले माध्य तराई नागरिकलाई स्वासथ्य सेवा दिदै आएको अस्पताललाई अझै बढी भरोसायोग्य र गुणात्मक सेवा दिने संस्थाको रुपमा बिकास गर्न आवश्यक रहेको बताए ।


उनले अस्पतालको ब्यवस्थापमा सुधार देखिएको समेत बताए । ब्यवस्थापन राम्रो भइरहेको छ उनले भने  अझै सेवग्राहीमैत्री ब्यवस्थापन आवश्क छ  । 

सांसद हजराले अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिए । उनकाअनुसार अस्पतालमा अहिले राम्रो व्यवस्थापन भइरहेको छ ।

साँसद हजराले  बिरामी र उनीहरुका कुरुवासँग पनि उनले संवाद गरेका थिए । सो अवसरमा सहज ढंगले उपचार पाएको बिरामीका कुरुवाले बताएका थिए ।   

आफु २५ वर्ष अघि नारायणी अस्पताल विकास समितिको सदस्य भएको क्षण स्मरण गर्दै उनले नारायणी अस्पताल सबै जनताको साझा अस्पताल भएको दाबी गरे । 


अस्पतालको भवन निर्माण प्रक्रिया पनि भवन विभाग र निर्माण कम्पनीबीचको विवादले अल्झिएकोमा उनले आपत्ती जनाए । यही २८ गते परेको पेशीबाट उक्त मुद्दा टुङ्गो लगाउन र भवन निर्माणको प्रक्रिया अघि बढाउन दबाब दिनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले अस्पतालले दिदै आएको सेवाको बारेमा जानकारी गराएका थिए । डा. दासले 

 प्रयोगशाला (ल्याब) मा पनि अनलाईन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताए । उनले  क्यु आर कोडबाटै एउटै ठाउँबाट सहज ढंगले सेवा लिन सकिने व्यवस्था मिलाइएको  बताए ।

 

उनकाअनुसार अस्पतालमा नियमित रुपमा सरसफाई गरिनुका साथै छिटै भवनको रंगरोगन गर्ने कामको तयारी पनि भइरहेको छ । 

बिरामीलाई रिफर गर्न नपर्ने गरी काम गरीरहेको उनको भनाई छ । यदि नारायणीमै उपचार सम्भव भएर पनि रिफर गरिन्छ भने रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने पनि उनले चेतावनी दिए ।

आईसियु, एनआईसियु सीमित संख्यामा भएकाले अवावश्यकताअनुसार रिफर गर्न पनि उनले बताए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.