नेकपा निकट अखिल नेपाल महिला संघ पर्साको बिस्तारित बैठकले १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । बीरगंजको रानीसतीम अतिथि सदनमा सम्पन्न बैठकले जिल्ला कमिटी निर्माण गरेको सचिव गोकुली कुमारी रेग्मीले जानकारी दिनु भयो ।
कमिटीको संयोजकमा इन्दु घिमिरे उपसंयोकमा सफरुन नेशाा,पूजा चौधरी र यशोधा देवी सहनी रहनु भएको छ । कमिटीको सचिवमा गोकुली कुमारी रेग्मीलाई बैठकले चयन गरेको छ ।त्यसैगरि संघको कोषाध्यक्षमा शुभद्रा बजगाईलाई चयन गरिएको छ ।
बिस्तारित बैठकमा नेपाली कांग्रेसमा लामो समय ब्यतित गर्नु भएका इश्वरी कार्की र रेखा कार्की नेपाली कांग्रेस परित्याग गरि नेकपा निकट अनेमसंघमा प्रवेश गर्नु भएको छ । नव प्रवेशी महिला नेतृहरुलाई नेकपाका केन्द्रीय सदस्य निर्मला देवकोटाले संघमा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा नेतृ देवकोटाले वर्तमान सरकारको सुखी नेपाल र समृद्ध नेपालको आंकक्षालाई पुरा गर्नकालागि सबै न्यायप्रेमी महिलाहरुलाई अनेमसंघमा गोलबद्ध हुनु आग्रह गर्नु भएको छ ।
उहाँले स्थायी सरकारको अनुभूती गर्ने नेपाली जनताको ७० वर्षदेखीको आशा प्रचण्ड माधव नेपालका कारण निराशामा परिणत भएको उहाँले बताउनु भयो । उहाँले नेपाली जनताको समृद्धिको चाहना केपी ओलीको नृतत्वमा मात्र सम्भव भएको बताउदै सरकार बिरुद्धका सबै षडयन्त्रलाई परास्त गर्दै अगाडि बढनु पर्ने अवस्था आएको बताउनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बसरुदिन अन्सारी , नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा, अनेमसंघका केन्द्रीय नेतृ टिना सुवेदी ,नेकपा पर्साका नेता गोकर्ण पाठक,बिना शर्मा, उषा चौधरी सीता लामा लगायतले बैठकमा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया