सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताउने फैसला गरेकोमा बीरगंजमा फैसलाको भब्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता कार्यकर्ताले बीरगंजको घण्टाघरमा दीप प्रज्वलन गरि फैसलाको स्वागत गरेका हुन ।
फैसलाबाट उत्साहित नेता कार्यकर्ताले आजलाई होइन भोलीलाई १० वर्ष ओलीलाई , ओली वी लभ यु, केपी ओली रेलमा भ्रष्टचारी जेलमा भन्ने नारा लगाएका थिए । बेलुका आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले मैनवात्ति बालेर खुशियाली साटेका थिए ।
कार्यक्रममा नेकपा एमाले नेतृ निर्मला देवकोटा, राजकुमार गुप्ता तेजप्रकाश निषाद अकलेश साह युवा नेताहरुको सहभागिता रहेको थियो ।
आज अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । आज अदालतले कट्टेललाई नै नेकपा दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको हो ।
मालेको नारा र सूर्यको झण्डासहित सिमरामा अनेरास्ववियु का नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरिसर्वोच्चको निर्णयको स्वागत गरेका हुन ।
तपाईको प्रतिक्रिया