सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै नेकपाको कार्यालयहरुमा नाम परिवतनको लहर चलेको छ ।
अदालतको फैसलाले पूर्व पार्टीहरु ब्यूतिएपछि पूर्व एमाले पंक्तिमा उत्साह संचार भएको छ । पर्सा जिल्लाको नेकपाको कार्यालयमा आज नाम परिर्वतन गरि नेकपा एमाले जिल्ला कार्यालयको बोर्ड राखिएको छ ।
यो भन्दा पहिला नेपाल कम्युनिष्ट पार्टी ( नकेपा)को बोर्ड राखिएको थियो । माधव प्रचण्ड पक्षले समेत कार्यालयमा आफनो हकदावी गर्दै ताला लगाएको थियो । तर आज नेकपा एमालेका कार्यकर्ताले ताला खोलेर कार्यालय सफाई गरि अदालतको फैसलाको स्वागत गर्दै शुभकामना कार्यक्रम समेत सम्पन्न गरेका छन ।
प्रधानमन्त्री केपी ओली समूह नेकपा एमालेका नेता राजकुमार गुप्ता लगायत कार्यकर्ताले पार्टी कार्यालय सरसफई गरि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखेका हुन ।
कार्यकर्ताले पार्टी कार्यालय सरसफई गरि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखि नेता राजकुमार गुप्ताको प्रमुख अतिथिमा र गोकर्ण पाठकको अध्क्षतामा एक कार्यक्रम गरि कार्यकर्तामा खुसियाली मनाउदै मिठाई समेत बाडीएको छ ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।
तपाईको प्रतिक्रिया