logo

प्रेस सेन्टर नेपाल २१औँ स्थापना दिवस, वीरगञ्जमा प्रभातफेरी र रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ माघ १५ गते १७: २४ मा प्रकाशित     553   पटक पढिएको

वीरगञ्ज । प्रेस सेन्टर नेपाल २१औँ स्थापना दिवस वीरगञ्जमा पनि मनाइएको छ । प्रेस सेन्टर जिल्ला समन्वय समिति पर्साले वीरगञ्जमा प्रभातफेरी र रक्तदान गरेर स्थापना दिवस मनाएको हो ।

 

 प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा रक्तसञ्चार केन्द्र वीरगन्जमा भएको रक्तदानमा एक महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा प्रेम कुमारी अधिकारी, शिवनाथ यादव, दीपक गौतम, अजित कुमार भुजेल, संजित गुप्ता, रञ्जित यादव, संजोग गिरी, शब्दर हुसैन, विशाल पटेल, रञ्जित पाण्डे, सलाउद्दीन अन्सारी, बलिराम यादव, अमिर मन्सुरी, कृष्णा दास, कन्हैया महतो लगायत २१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।

 

यसअघि रक्तदानको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेंल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले रक्तदाताहरुलाई रगत संकलन गर्ने ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।

 

 त्यसअघि वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान, आदर्शनगर चोक, घडिअर्वा लगायत नगरको विभिन्न परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर समापन भएको थियो ।

प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले संगठनको २१ औं स्थापना दिवसको शुभकामना दिए । पत्रकारितामा लागेकाहरु पनि यहि समाजको भएकोले सामाजका सामाजिक उत्तरदायित्वमा जिम्मेवार रहने बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.