सुमित भारती
एक छिन जित्ला तर हुन्न बलियो,कलम भन्दा तरवार।
बन्दैन राजा पसे पनि हुल बाधी मुसाहरु दरबार।
मिल्दैछन मुसाहरु,दुलो पार्न छोडी,संगठन गर्दछन् ।
उठि चिहानबाट मृत शरिरमा श्वास ती भर्दछन।
बिचित्र त त्यतिबेला देखियो,जब सलबलाए कंकाल पनि।
साखुल्य बन्दै तर खाएको बिरालो,अभिनय गर्दछन्।
हराउँछ स्याल कुकुरको बथानमा,जब शान्त बस्छ शहर।
भाडियो भने शान्ति चल्छ हावाहुरी,ती जालमा पर्द्छन।
तपाईको प्रतिक्रिया