logo

पत्रकारिता पुरस्कार सम्बन्धी कार्यबिधिमा छलफल सम्पन्न,पत्रकारहरूको हकहित संरक्षणकालागि सरकारले सहयोग गर्ने संचारमन्त्री महतोको प्रतिवद्धता

 इसीमाना सम्बाददाता     २०८३ जेठ ३१ गते ०८: ३९ मा प्रकाशित     436   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले पत्रकारिता पेसा लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताएका छन ।

 

आमसंचार प्राधिकरण मधेश प्रदेशले पत्रकारिता पुरस्कार, छात्रवृत्ति तथा प्रोत्साहनसम्बन्धी कार्यविधिबारे छलफल गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन । 

May be an image of one or more people
उल्लेख गर्दै यस क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

 

पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा र क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्दै जाने उहाँको भनाइ थियो।

 

पत्रकारितालाई थप मर्यादित, जिम्मेवार गुणात्मक र व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। 

 

 उनले प्रदेशको पत्रकारितालाई जनउत्तरदायी बनाउनकालागि सरकारले पत्रकारहरुको संरचनागत बिकास, क्षमताबृतिमा आवश्यक सहयोग गर्ने बताए ।

 

उनले आउने आर्थिक वर्षको बजेटमा पनि पत्रकारिता क्षेत्रको हितकालागि बजेट बिनियोजन हुने प्रष्ट पारे । पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा र क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्दै जाने उनको भनाइ थियो।

May be an image of lighting, dais and text that says 'आमसाराधिकरण आमस आमसल्चार प्राधिकरण कार्यबिधि सराकारबालाहर संगको छलफल कायत्रम ភ៣ៈ မေးသ 州 ИT क्ह आसলमारभिय प्रायिकरण आमरजय'

कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेले मधेश प्रदेश सरकारले निर्माण गरेको प्राधिकरण काउन्सिल जस्ता संरचना बिघगठनको हल्ला सुनेको चर्चा गर्दै सरकारलाई त्यो दिशामा नजान सुझाव दिएका छन ।

 

उनले  प्रदेश सरकारले टेलीभिजन, रेडियो र पत्रिका चलाउनु लोकतान्त्रिक चिन्तन र अभ्यासको प्रतिकूल हुने बताए । संयोजक लामिछनले आम संचार प्राधिकरणले  पत्रकारिता पुरस्कार, लेखनबृति, छात्रबृति र प्रोत्साहन पुरस्कारको ब्यवस्था गरेर  मधेश का प्रत्रकारहरुलाइृ उत्साहित बनाएको बताए । 


आमसञ्चार प्राधिकरणले पत्रकारिता क्षेत्रको प्रवर्द्धन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिलाई लक्षित गर्दै जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गरेको हो।

 

कार्यक्रममा पत्रकारिता पुरस्कार, छात्रवृत्ति तथा प्रोत्साहनसम्बन्धी कार्यविधिबारे छलफल गर्नुका साथै नेपाल पत्रकार महासंघअन्तर्गतका वर्तमान तथा पूर्व शाखा सभापतिहरूलाई सम्मान पनि गरिएको हो।

 

आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रीय सदस्य राजेश कर्ण, मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा तथा पूर्व अध्यक्ष दीपेन्द्र चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धि, पत्रकारहरूको पेशागत सशक्तीकरण तथा सञ्चार क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

 

मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार महासंघका वर्तमान तथा पूर्व सभापतिहरूको सहभागिता रहेको कार्यक्रममा मन्त्री महतोले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

May be an image of one or more people, table and dais

सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका वर्तमान अध्यक्ष ओमप्रकाश खनाल तथा पूर्व अध्यक्षहरू शंकर खतिवडा, शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान, के.सी. लामिछाने र श्याम बञ्जारा राजेश कर्ण , ज्योती झा, बन्दना झा अनिल कर्ण बाराका अध्यक्ष रमेश सुवेदी,यचन्द्र थसिनेकु, गुरु प्रसाद गौतम, रेशम तिवारी , सर्लाहीका ओमप्काश ठाकुर,टंक कार्की ,बिश्वनाथ ठाकुर, महतोरीका दशरथ भण्डारी, धनुषाका पुरन गुप्ता  सिराहका डा.बिजय मिश्र, दिनेश्वर गुप्ता,सप्तरीका बैद्यनाथ झा , बिष्णु मण्डल, सन्त ब्यथित, र श्रवणदेव रहेका छन्।

 

कार्यक्रममा आमसञ्चार प्राधिकरणले तयार पारेको पत्रकारिता पुरस्कार, छात्रवृत्ति तथा प्रोत्साहनसम्बन्धी नयाँ कार्यविधिमाथि समेत सरोकारवालाहरूबीच गहन छलफल भएको थियो। कार्यक्रममा प्राप्त सुझावहरूलाई कार्यविधिमा समेटिने विश्वास व्यक्त गरिएको थियो।


गरेका थिए भने स्वागत भने प्राधिकरणका सदस्य नविन गुप्ताले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.