logo

जनता समाजवादी पार्टी पर्साको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न, पार्टी परित्याग गर्नेलाई कारवाही हुने

 इसीमाना सम्वाददाता     २०८३ जेठ ३० गते ०५: ५१ मा प्रकाशित     1127   पटक पढिएको

वीरगंज ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा जिल्ला स्तरीय समीक्षा तथा भावी रणनीति सम्बन्धी बैठक सम्पन्न गरेको छ।

 

पार्टीका प्रमुख नेता उपेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

बैठकमा पूर्व मुख्यमन्त्रीलालबाबु राउत र जितेन्द्र सोनल  विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

 

कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, फिरोज मन्सुर, रेखा साह, प्रदेश सभा सदस्य रमेश पटेल र सिहासन साह कलवार, प्रदेश अध्यक्ष बालकिशोर यादव, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला उपाध्यक्ष सन्तोष तिवारी, सचिव रितेश गुप्ता लगायत जिल्ला कार्यसमिति तथा जिल्ला सदस्यहरूको उपस्थिति रहेको थियो।

 

त्यसैगरी महानगर अध्यक्ष घनश्याम बाबु गुप्ता, सचिव अरमान हवारी, महानगर समितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्र नम्बर १ का अध्यक्ष सुन्दर साह कानु, क्षेत्र नम्बर ४ का अध्यक्ष रामपुकार यादव, विभिन्न पालिका अध्यक्ष, युवा नेता, विद्यार्थी नेता तथा जिल्लाभरिका नेता–कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको जनाइएको छ।

 

बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तथा आगामी कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले पार्टीको जनाधार विस्तार, संगठनात्मक सक्रियता बढाउने, स्थानीय तहसम्म पार्टीलाई थप सशक्त बनाउने तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए।

 

भेलामा उठेका विभिन्न समसामयिक राजनीतिक तथा संगठनात्मक विषयहरूमा समेत गहन छलफल भएको नेताहरूले बताएका छन्। बैठकले आगामी दिनमा पार्टीलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.