logo

जसपा नेपालको कार्यालय उद्घाटन पार्टी निर्माणको गति बढाउन कार्यकर्तालाई महासचिव राउतको निर्देशन

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १७ गते ०५: १६ मा प्रकाशित     151   पटक पढिएको

वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको नयाँ पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीटंकीमा नयाँ पार्टी कार्यलयको उद्घाटन पार्टीका महासचिव लालबाबु राउतले उद्घाटन गरेका हुन  ।

 

 नयाँ कार्यालयमा प्रथम जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्य समिति र वीरगन्ज महानगर समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको सपथ ग्रहण पनि गरिएको छ ।

 

 अधिबेशनबाट निर्वाचित जिल्ला समिति पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलगायत पदाधिकारी तथा सदस्यहरु तथा वीरगन्ज महानगर समितिका अध्यक्ष घनश्याम बाबू गुप्ता लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले शपथ लिएका छन् ।

May be an image of 10 people, dais and text

कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले पार्टीलाइ अझ बढी सशक्त बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

 

 उनले पार्टी निर्माणको प्रक्रियामा थप गतीशिल हुन कार्याकर्तालाई अपिल गरे । उनले इमान्दारीका साथ पार्टीको संगठन निर्माणमा लाग्न आग्रह गरे ।

 

पार्टीको विचार र सिद्धान्तलाई जनताको घर–घरमा पुर्याउन सके पार्टी २०६४ को अवस्थामा आउने महासचिव राउतले बताए ।

कार्यक्रममा नेताहरु सुरेन्द्र कुर्मी सिंगासन साह कलवार ,फिरोज मन्सुर,अजय चौरसिया, ,करिमा बेगम र रेखा साह लगायतको सहभागिता रहेको महानगर समितिका अध्यक्ष घनश्याम बाबू गुप्ताले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

अपहरण अभियोगमा चार जना पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज ।  कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.