logo

पछाडि पारिएको वर्गले  अवसर पाउनु संघर्षकै उपलब्धि होः गृहमन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १९ गते ०६: २७ मा प्रकाशित     753   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पछाडि पारिएको वर्गले अवसर पाउनु संघर्ष र संघीयताकै उपलब्धि भएको बताएका छन।


मन्त्री लेखीले शुक्रबार वीरगंजको बृन्दावन होटेलमा आयोजित “स्थानीय तहको न्यायिक समितिलाई न्याय सम्पादन सम्बन्धी पूनर्ताजगी तालिम कार्यक्रम” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।


 मन्त्री लेखीले नागरिकको  संघर्षबाट नै अधिकारसहितको संघीय शासन व्यवस्था प्राप्त भएको बताए। उनले भने संघीयताकै कारण नेपाली जनताले तीन तहको सरकार  पाएका छ्न। 


अहिले तीनवटै तहमा हजारौं हजारको संख्यामा पछाडि परेका वा पारिएका वर्ग, महिला,आदिवासी,जनजातिहरुले अवसरहरु पाएको बताए ।

No description available.
मन्त्री लेखीले तालिममार्फत न्याय सम्पादन प्रणालीमा स्थानीय तहको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।


कार्यक्रम वैशाख १९ र २० गते गरि दुई दिन सम्म   वीरगंजमा संचालन हुनेछ। कार्यक्रममा पर्सा जिल्ला अदालतका माननीय न्यायाधीशहरु नन्दकिशोर प्रसाद यादव, मोहन सुबेदी, र उपेन्द्र केशर खनाल पनि सहभागि छन।


कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका पर्सा जिल्लाका २ १ महानगरपालिका ३ नगरपालिका र १०  गाउँपालिका गरि १४ वटा  स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, न्यायिक समितिका पदाधिकारी, न्यायिक सचिव तथा पत्रकारहरूको सक्रिय उपस्थिति थियो।  स्वागत मन्तव्य   उपसचिव रामेश नायकले गरेका थिए। 

 

कार्यक्रममा नेपालको न्याय प्रणाली, अदालतको संरचना, न्यायिक समितिको अधिकार क्षेत्र, कानूनका सामान्य सिद्धान्त, मिसिल व्यवस्थापन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिँदै छलफल गरिएको थियो।


तालिमको दोस्रो दिन वैशाख २० गते न्याय सम्पादन प्रक्रियाका चरणहरू, कार्यविधि र मिसिल व्यवस्थापनमा आधारित थप प्रस्तुती तथा छलफल हुने कार्यक्रम रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.