logo

मण्डलको अध्यक्षतामा एमाले मधेश प्रदेशमा सचिवालय गठन

 इसीमाना सम्वाददाता     २०८२ असार ३० गते ०३: ५४ मा प्रकाशित     571   पटक पढिएको

वीरगञ्ज, । नेकपा (एमाले) ले मधेश प्रदेश संगठनलाई थप प्रभावकारी, गतिशील र संस्थागत बनाउने उद्देश्यका साथ सचिवालय गठन गरेको छ। पार्टीको पछिल्लो सांगठनिक अभ्यास अनुसार मधेश प्रदेशको सचिवालय गठन गरेर त्यसको नेतृत्व प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई दिइएको छ।

पार्टीको प्रदेश सचिवालयमा संगठनात्मक अनुभव, राजनीतिक परिपक्वता र  प्रतिनिधित्वको सन्तुलन मिलाइएको देखिन्छ। सचिवालयमा पार्टीको प्रदेश कमिटीका पदाधिकारीहरू, विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू र विविध समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ।

✳ सचिवालयका प्रमुख सदस्यहरू यसप्रकार छन्:

  • अध्यक्ष: चन्देश्वर मण्डल

  • उपाध्यक्ष: बिचारी यादव

  • सचिव: मनोज पौडेल

  • उपसचिवहरू: आरती भण्डारी, मोहम्मद कैश

✳ अन्य सदस्यहरू:

  • त्रिलोकी चौधरी (बारा)

  • जयप्रकाश थारु (पर्सा)

  • सुन्दर बिक (बारा)

  • शिवशंकर साह ‘हिरा’ (धनुषा)

  • केशव ढकाल (सर्लाही)

  • उत्तम गौतम (सप्तरी)

  • तारा (लामा) बस्नेत (धनुषा)

  • बिरबहादुर गोले (रौतहट)

  • शिवशंकर यादव (सिराहा)

सचिवालय गठनबारे जानकारी दिँदै प्रदेश सचिव मनोज पौडेलले भने, “सचिवालय निर्माण गर्नु कम्युनिष्ट पार्टीको सांगठनिक अभ्यास हो। यसले पार्टीको दैनन्दिन राजनीतिक, प्रशासनिक र सांगठनिक काम–कारबाही सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।”

उनका अनुसार पार्टीले प्रदेश सचिवालयमार्फत नीतिगत निर्णयहरू कार्यान्वयन, सांगठनिक समन्वय, जनसम्पर्क विस्तार, आन्दोलन परिचालन र कार्यकर्ता व्यवस्थापन लगायतका कार्यलाई नियमित र प्रभावकारी रूपमा अघि बढाउनेछ।

 

सचिवालय पार्टीको मस्तिष्क केन्द्रको रूपमा कार्य गर्छ। यसले प्रदेश कमिटीले लिएका नीतिगत निर्णयलाई कार्यान्वयन गर्न, आवश्यक रणनीति तय गर्न र विभिन्न संगठनबीच समन्वय गर्न भूमिका खेल्दछ। साथै, सचिवालय प्रदेशस्तरीय गतिविधिहरूको दैनिक सुपरिवेक्षण पनि गर्नेछ।

 

सचिवालय गठनको निर्णय हालै बर्दीवासमा सम्पन्न नेकपा एमाले मधेश प्रदेश कमिटीको चौथो पूर्ण बैठकबाट गरिएको हो। सो बैठकमा सांगठनिक सुदृढीकरण, आन्तरिक एकता र आगामी रणनीतिक कार्यक्रमहरूबारे पनि गम्भीर छलफल भएको थियो।

 

प्रदेश सचिवालय गठनसँगै नेकपा एमाले मधेश प्रदेशमा सांगठनिक ढाँचागत मजबुती ल्याउने दिशामा अघि बढेको छ। पार्टीको दैनन्दिन प्रशासनिक क्रियाकलाप व्यवस्थापन गर्नसक्ने सक्षम नेतृत्व र संरचना निर्माणले अब नीतिगत स्पष्टता, निर्णयको कार्यान्वयन र कार्यकर्तामा भरोसा बढाउने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.