logo

सिरहाको कल्याणपुर नगरप्रमुख रामपुकार साह घुससहित रङ्गेहात पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ सावन ३२ गते ०६: १६ मा प्रकाशित     906   पटक पढिएको

सिरहा ।  सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले बुधवार दिउँसो उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

 

आयोगका अनुसार नगरप्रमुख साह उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

 

 पूर्व सूचना तथा निगरानीको आधारमा साहमाथि नजर राखिएको र प्रमाणसहित पक्राउ गरिएको आयोग स्रोतले जानकारी दिएको छ।

 

पक्राउ लगत्तै घटनास्थलमै घुस रकमसहितको मुचुल्का तयार पारिएको आयोगले जनाएको छ।

 

हाल उनलाई आयोगको हिरासतमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बर्दीबासस्थित आयोग कार्यालयले जनाएको छ।

 

यस घटनाले स्थानीय तहमा देखिएको भ्रष्टाचारप्रति पुनः गम्भीर प्रश्न उठाएको छ। अख्तियारले स्थानीय निकायहरूमा देखिएको अनियमितता विरुद्ध निगरानी बढाएको जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.