logo

जकपुर होटेल प्रकरण, युवक हत्या आरोपमा महोत्तरीको २४ वर्षिया जुली पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ सावन ५ गते १२: ४३ मा प्रकाशित     214   पटक पढिएको

जनकपुरधाम । एक युवाको हत्या आरोपमा धनुषा प्रहरीले २४ युवतीलाई सार्वजनीक गरेको छ । 

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव (शनी) नकपुरको एक होटेलमा मृत फेला परेका थिए । 


जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै महोत्तरीको बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झालाई सार्वजनिक गरेको हो। झामाथि जनकपुरधामको होटल ‘एसपी एण्ड गेष्ट हाउस’मा यादवको हत्या गरेको आरोप छ।


प्रहरीका अनुसार शनिबार राति ९ः५५ बजे यादव र झा होटल प्रवेश गरेका थिए। त्यसको करिब पाँच घण्टापछि, आइतबार बिहान २ः५७ बजे यादव होटलको पहिलो तलाबाट नग्न र रक्ताम्य अवस्थामा खसेका थिए।

 

 घटनाको केही क्षणमै झा तल ओर्लेर होटलबाट भागेको देखिने दृश्य होटलको सिसीटिभी क्यामेरामा कैद भएको प्रहरीले जनाएको छ।

 

गम्भीर अवस्थामा रहेका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको थियो। उपचारका क्रममा आइतबार बिहान ७ः४५ बजे उनको मृत्यु भएको हो।

 

प्रहरीले घटनास्थलबाट रगतले पोतिएको कपडा, छुरा र अन्य सामग्री बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले झालाई आइतबार दिउँसो पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.