logo

वडाध्यक्षका उम्मेदवार सहितका नेताद्वारा  माओवादी परित्याग गरि जसपामा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ सावन ८ गते ०२: १० मा प्रकाशित     888   पटक पढिएको

वीरगंज । पर्सागढीमा नेकपा माओवादीका कार्यकर्ताहरुले पाटीृ परित्याग गरेका छन । माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका बिकेश राय थारुको नेतृत्वमा पार्टी परित्याग गरेकाहरु उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेका छन । 


उनीहरुको प्रवेशकालागि जनता समाजवादी पार्टीको पर्सागढी नगर समितिले कार्यक्रमको आयोजना गरेको थियो । पार्टीका महासचिव लालबाबु राउतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । 


कार्यक्रममा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका बिकेश राय थारुको नेतृत्वमा राम किशोर राय थारु, राम नारायण चौधरी, मङनी चौधरी लगायतका नेताहरू जनता समाजवादी पार्टी नेपालमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

 


उनीहरूलाई जसपा नेपालका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री माननीय लालबाबु राउतले पार्टीको स्कार्फ, माला र अबिर लगाएर स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए।

 

पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य शशिकपुर मिया, जिल्ला अध्यक्ष रामनरेश यादव , जिल्ला सचिव रितेश कुमार गुप्ता, पर्सागढी नगरपालिकाका मेयर पदका उम्मेदवार सुरज मानन्धर, नगर अध्यक्ष शेख खुर्सेदलगायतका पार्टीका नेता–कार्यकर्ता एवं स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमले पर्सागढीमा जसपाको संगठनात्मक बल थप मजबुत बनेको जनाइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.