logo

वडाध्यक्षका उम्मेदवार सहितका नेताद्वारा  माओवादी परित्याग गरि जसपामा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ सावन ८ गते ०२: १० मा प्रकाशित     268   पटक पढिएको

वीरगंज । पर्सागढीमा नेकपा माओवादीका कार्यकर्ताहरुले पाटीृ परित्याग गरेका छन । माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका बिकेश राय थारुको नेतृत्वमा पार्टी परित्याग गरेकाहरु उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेका छन । 


उनीहरुको प्रवेशकालागि जनता समाजवादी पार्टीको पर्सागढी नगर समितिले कार्यक्रमको आयोजना गरेको थियो । पार्टीका महासचिव लालबाबु राउतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । 


कार्यक्रममा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका बिकेश राय थारुको नेतृत्वमा राम किशोर राय थारु, राम नारायण चौधरी, मङनी चौधरी लगायतका नेताहरू जनता समाजवादी पार्टी नेपालमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

 


उनीहरूलाई जसपा नेपालका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री माननीय लालबाबु राउतले पार्टीको स्कार्फ, माला र अबिर लगाएर स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए।

 

पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य शशिकपुर मिया, जिल्ला अध्यक्ष रामनरेश यादव , जिल्ला सचिव रितेश कुमार गुप्ता, पर्सागढी नगरपालिकाका मेयर पदका उम्मेदवार सुरज मानन्धर, नगर अध्यक्ष शेख खुर्सेदलगायतका पार्टीका नेता–कार्यकर्ता एवं स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमले पर्सागढीमा जसपाको संगठनात्मक बल थप मजबुत बनेको जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.