वीरगंज । पटेर्वा सुगौली गाउँपालिका–२ स्थित गादी स्वास्थ्य चौकी मा प्रसुती केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।
परिसरमा निर्माण गरिएको अत्याधुनिक सुविधासम्पन्न दुई तले प्रसुति केन्द्रको पाकिा अध्यक्ष दिनेश कुमार चौधरीले उद्घाटन गरेका हुन।
समारोहमा वडाध्यक्ष, पालिकाका पदाधिकारी, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, पत्रकार लगायतको सहभागिता रहेको थियो । केन्द्रको निर्माणले स्थानीय खुशी छन ।
सुरक्षीत प्रसुतीका निम्ति आफ्नै ठाउमा स्तरीय सेवा लिन पाउने भउपछि स्थानीयले खुशी ब्यक्त गरेका हुन । पटेर्वा सुगौली गाउँपालिकाको वडा न २ मा एम्बुलेन्स पनि संचालनमा छ ।
प्रसुतीकेन्द्रको निर्माण एम्बुलेन्स सेवा र दक्ष प्रावधिक जनशक्तिको उपलब्धताका कारण महिलाहरुकालागि केन्द्रको संचालन महत्वपूर्ण रहेको वडा नं २ का अध्यक्ष बिजय गैरेले बताए ।
पालिका अध्यक्ष दिनेश चौधरीले शिक्षा स्वाथ्यको क्षेत्रमा पालिकाको ध्यान गएको बताए । उनले केन्द्रको निर्माणले गादी स्वास्थ्य सेवाको केन्द्र बन्ने बिश्वास बयक्त गरे ।
संघीय सरकारको ७३ लाख र पालिकाको ३२ लाख रुपौयको लागतमा प्रसुती केन्द्र निर्माण भएको हो ।
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का अध्यष विजय गैरेले अनुभवी चिकित्सक, नवजात शिशुका लागि आवश्यक उपकरण, चेकजाँच र औषधि निःशुल्क उपलब्ध हुने बताए । उनले गादीमा स्थापित प्रसुति केन्द्र पर्सा जिल्लामै सुविधायुक्त र नमुनाको रुपमा रहने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष ममता महतो वडाध्यक्ष विजय गैरे, वडा नं. १ का अध्यक्ष फरमान अन्सारी, वडा नं. ४ का अध्यक्ष बासु पजियार थारु, कार्यपालिका सदस्यहरू, बुद्धिजीवी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया