logo

बागमतीमा रस्साकस्सी दिउसो दुई बजे मतदान हुने लामा र बाँनिया मैदानमा

 इसीमाना सम्वाददाता     २०८२ सावन १४ गते १२: १३ मा प्रकाशित     308   पटक पढिएको

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदैछ।

 

मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा कांग्रेसका २२ सांसदले हस्ताक्षर गरेसँगै उनले दलको नेताको हैसियत गुमाएका थिए।

 

दलको नयाँ नेता छान्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

 

समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन्। निर्वाचन समितिले  दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ।


मंगलबारको मतविभाजनमा मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद मात्रै देखिएका थिए। अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरू कांग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानियाँ पक्षधर हुन्। यही समूह अब नयाँ नेताका लागि बलियो दावेदारका रूपमा अगाडि बढिरहेको छ।


२०७९ पुस १३ गतेको संसदीय दल नेताको निर्वाचनमा भने लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए।

यसपटक बानियाँकै नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। प्रस्तावसँगै कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएका थिए।

 

९ साउनमा चार मन्त्रीले राजीनामा दिएकामा मंगलबार मात्रै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि राजीनामा बुझाएका थिए। यसअघि राजीनामा दिएका चार मन्त्रीलाई लामा सरकारले पदमुक्त गरिसकेको छ।

 

received_10065312753594354.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.