logo

मोटरसाइकल चोर, कमरेड जेल चलान

 इसीमाना सम्वाददाता     २०८२ सावन १५ गते ०३: ०७ मा प्रकाशित     1110   पटक पढिएको

वीरगन्ज । सिन्धुलीका साँसद माओवादी नेता राजन दाहालका बिश्वास पात्र मरिण गाउँपालिका–४ का माओवादी वडा कमिटी अध्यक्ष टिकाराम स्याङ्तान जेल चलान भएका छन ।


उनी मोटरसाइकल चोरीको अभियोगमा पुष्टि भएपछि जेल चलान भएका हुन।

 

सिन्धुली जिलला अदालत र उच्च अदालतले उनलाई चोरी मुद्धामा कसुरदार ठहर गरेपछि लामो सय फरार रहेका थिए ।

 

उनलाई प्रहरीले  पक्राउ गरी बुधबार जिल्ला अदालतमा बुझाएको थियो । उनी बुधवारै  कारागार चलान भएको  जिल्ला अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए।

 

३४ वर्षीय स्याङ्तानले ३ वर्षअघि दुई वटा २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए । त्यही चोरीकाण्डमा उनी दोषी प्रमाणीत भएका हुन ।

 

  उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेपछि उनी फरार सूचीमा थिए। स्थानीय खयरसाल माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका स्याङ्तान, माओवादी नेता तथा सांसद राजन दाहालका विश्वासपात्र मानिन्थे।

 

२०७९ सालमा दुई वटा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका स्याङ्तान २५ दिन हिरासतमा बसेपछि धरौटीमा छुटेका थिए।

 

 पछि जिल्ला अदालतबाट मुद्दा हारेपछि उनले उच्च अदालत पाटन गुहारेका थिए, तर उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो। यससँगै अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जेल चलान गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.