logo

प्रकाश मानवअधिकार पुरस्कार यादवलाई, पुरस्कारको रकमले बिरुवा किनेर रोप्ने घोषणा

 इसीमाना सम्बाददाता     २०८२ सावन १६ गते ०९: १४ मा प्रकाशित     1010   पटक पढिएको
ललितपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३३औँ स्मृति दिवसका अवसरमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ बारा जिल्लावासी सामाजिक अभियानकर्मी सुनिलकुमार यादवलाई प्रदान गरिएको छ ।
 
 इन्सेक नेपालले आज ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रममा यस वर्षको पुरस्कार यादवलाई प्रदान गरिएको हो ।
 
यादवले चुरे संरक्षणमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप  ५० हजार नगदसहित सम्मान गरिएको हो ।
 
प्रकाश मानवअधिकार पुरस्कार प्रत्येक वर्ष मानवअधिकारको रक्षा, संवर्द्धन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई प्रदान गरिँदै आइएको छ ।
 
 यस वर्ष चुरे क्षेत्रको संरक्षण, वातावरणीय अधिकार प्रवर्द्धन तथा जलवायु न्यायको क्षेत्रमा सक्रिय यादव पुरस्कृत भएका हुन ।
 
करिब एक दशकदेखि चुरे र वनजङ्गल संरक्षण अभियानमा सक्रिय यादवले नेतृत्व गरेको अभियानमार्फत समुदायमा आधारित चेतनामूलक कार्यक्रम, युवाको सक्रिय संलग्नता, बहुपक्षीय संवाद र नीतिगत दबाबमार्फत प्रभावकारी वातावरणीय जागरण फैलाउने कार्य हुँदै आएको छ ।
 
 
पुरस्कार प्राप्त गरेपछि यादवले आफूलाई पुरस्कृत गरेकामा इन्सेकप्रति आभार व्यक्त गर्दै चुरे बचाऊ अभियानमा अझ सशक्त र क्रियाशील रूपमा लाग्ने प्रतिबद्धता जनाए  ।
 
 
उनले चुरे संरक्षण र वनजङ्गलको बेवास्ताका कारण मधेस प्रदेशमा किसान पानीबिना छटपटाउनुपरेको बताए । उनले पुरस्कारबाट प्राप्त नगद रकमबाट म बिरुवा किनेर रोप्ने बताए । 
 
 
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त तथा मानवअधिकार शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले हालको जलवायु परिवर्तनका कारण गम्भीर वातावरणीय सङ्कट उत्पन्न भएको छ । यस्तो अवस्थामा यादवजस्ता अभियन्ताहरूको सक्रियता प्रेरणादायी रहेको बताए । 
 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.