logo

मधेशमा बिपक्षीको एक अवाज सुखाग्रस्त प्रदेशका किसानकालागि राहत ल्याउन माँग

 इसीमाना सम्वाददाता     २०८२ सावन १६ गते ०९: ०० मा प्रकाशित     1054   पटक पढिएको

जनकपुर । मधेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन नसकेको भन्दै बिपक्षीदलले सरकारको ध्यानाकर्षण गराएका छन ।

 

जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

 

 सो निर्णयअनुसार जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधिहरूको टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


ध्यानाकर्षण पत्रमार्फत विपक्षी दलहरूले किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न, कृषि ऋणमा सहुलियत दिलाउन संघीय सरकारसँग समन्वय गर्न, तत्काल सिँचाइको व्यवस्था गर्न र मल–खाद्य वितरणमा पारदर्शिता कायम गर्न माग गरेका छन् ।

 

त्यस्तै, सतही तथा भूमिगत जलस्रोतको उपयोगका लागि नदी, नाला, पोखरी लगायतका जलाशयहरूको मर्मत तथा नयाँ जलाशय निर्माण, चुरे वन क्षेत्रको संरक्षण र खानेपानीको समस्या समाधान गर्न विशेष पहल गर्न आग्रह गरिएको छ ।

 

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा जसपा नेपालका सरोज यादव, माओवादी केन्द्रका युवराज भट्टराई, एकीकृत समाजवादीका कनिष पटेल, राप्रपाका कञ्चन विच्छा र संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम सहभागी थिए ।

 

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरूको सुझावलाई सरकारसँगको सहकार्यको रूपमा लिएको बताउँदै सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.