logo

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

 इसीमाना सम्वाददाता     २०८२ भदौ ५ गते ०४: २४ मा प्रकाशित     672   पटक पढिएको

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  । 

 


नेकपा एमाले मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरे ।

 

पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको महासभिव पोख्रेलले स्पष्ट पारे ।  


अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको उनले बताए । अब यो पार्टीका आकाङ्क्षा मात्र होइन लक्ष बन्नु पर्नेमा महासचिव पोख्रेलले जोड दिए  । 
मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनु पर्ने बताउँदै उनले  बहुपदको अर्थ बहुगुट हुनु नभएको स्पष्ट पारे  ।

 

पार्टीको नीति र कार्यक्रम प्रति सबैको प्रतिबद्धता तथा नेतृत्व प्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उनले बताए  । पार्टीलाई सबल बनाउने हो भने सिङ्गो पार्टी नेतृत्वको वरिपरि हुनु पर्दछ’, उनले भने  । 


पार्टीलाई बहुसङ्ख्यक जनताको माझमा पुर्‍याउन पार्टीमा दुई खालका सदस्यताको प्रस्ताव ल्याइएको चर्चा गर्दै चुनावका बेलमा काम नलाग्ने, नेता कार्यकर्ताको कुनै अर्थ छैन, अघि पछि एमाले हुने, चुनावको बेलमा कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता कार्य–कर्ताको के अर्थ उनले प्रतिप्रश्न गरे  ।  


राजनीतिक संघर्षको केन्द्रिय थलो निर्वाचन भएको बताउँदै अब चुनावमा काम लाग्ने नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा उनले जोड दियो । त्यसकै लागि एमालेले पार्टी सदस्य र संगठित सदस्यको अवधारणा ल्याएको पोखरेलले बताए । 


अहिले पार्टी र पार्टी नेतृत्वको विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनले  बताए  । पार्टी भित्रबाट नभएर पार्टी बाहिरकाले पार्टीको विरोध गरिरहेका उनले बताए। ‘एमालेको सबैभन्दा चर्को विरोध नेकपा एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका उनले बताए। 


मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए । ‘केन्द्र सरकार र प्रदेश सरकारले मात्र पुग्दैन, तपाईँहरू सबै नेता जुटे चुनाव जितिन्छ, जुटे जितिन्छ, फुटे हारिन्छ’, उनले भने  । 


पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उनले बताए । मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने पोखरेलले स्पष्ट पारे । 


लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको उनले बताए  । राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने पोखरेलले बताए  । लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जेलमा पुगेको पोखरेलका भनाइ छ ।

 

‘६ वटा सहकारीबाट पैसा लिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि रास्वपा अध्यक्ष रवि लामिछाने अहिले जेलमा रहेका उनले स्पष्ट पारे  । रविको आफ्नै कर्मका कारणले अहिले उनी थुनामा छन्’, उनले भने । 


अहिले मुलुकमा शान्ति, समृद्धि, स्थिरता र सुशासनको लागि एमालेले सरकारको नेतृत्व गरेको उहाँले बताउनुभयो । आफ्नो स्वार्थका लागि समाजलाई उत्तेजित बनाउने काम नगर्न पनि पोखरेले आग्रह गरे ।

 

पार्टीका मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव ररघुविर  महासेठ, मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, एमालेका नेताहरु पुरुषोत्तम पौडेल, ज्वाला साह, अरविन्द कुमार सिंह, सरोज यादव , उद्धव पोख्रेल,इकवाल मिया, रामअवतार यादव,हरि उप्रेती रन्जना सरकार, वीरगंज महानगरका पूर्व प्रमुख बिजय कुमार सरावगी बिचारी यादव , मनोज पौडेल अरती भण्डारी लगायतका नेतहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.