logo

पोखरियामा राष्ट्रिय युवा संघ नेपालद्वारा वृहत वृक्षारोपण

 इसीमाना सम्वाददाता     २०८२ भदौ ११ गते ०२: २० मा प्रकाशित     743   पटक पढिएको

पोखरिया ।  नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल पोखरिया नगर कमिटीले सोमबार श्री जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

 

संघका केन्द्रीय सचिव मोविन आलमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष दिपु पटेलले गरेका थिए। कार्यक्रममा बोल्दै अतिथिहरूले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणलाई सामाजिक अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

 वक्ताहरुले  वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रम नभई जीवनशैलीसँग जोडनु पर्ने बिचार ब्यक्त गरेका थिए । 

 

कार्यक्रममा नेकपा एमालेका नेता  मधेश प्रदेशसभाका पूर्व सदस्य प्रहलाद गिरि, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, उपमेयर रुबी ठाकुर, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा फाँट प्रमुख अरुण यादव, जिल्ला सचिवालय सदस्य कौशल शाह, नेकपा एमाले नगर कमिटी अध्यक्ष विन्द्याचला ठाकुर,  राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष सुभाष साह, सचिव सन्तोष गिरी, सचिवालय सदस्यहरू सुमित साह र सुजित गिरी लगायतको उपस्थिति रहेको थियो।

 

वृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको समेत सक्रिय सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले विद्यालय परिसर र वरपरका सार्वजनिक स्थानमा विभिन्न प्रजातिका विरुवा रोपेका थिए।

 

संघका पदाधिकारीहरूले पोखरिया क्षेत्रमा हरियाली विस्तार, वातावरण संरक्षण र जलवायु परिवर्तन नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.