logo

वीरगञ्जमा गृहमन्त्री लेखकद्वारा हैजा प्रभावितहरूको अवलोकन, नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते १२: १६ मा प्रकाशित     317   पटक पढिएको

वीरगञ्ज ।नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका कारण उपचारकालागि भर्ना भएका बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

 

हिजो वीरगञ्ज आइपुगेका मन्त्री लेखकले पहिलो दिन नारायणी अस्पतालको निरीक्षण गरेका थिए भने आइतवार बिहान वीरगञ्ज हेल्थ केयर र तराई अस्पताल पुगेका हुन्।

 

सो क्रममा उनले झाडापखाला तथा हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था बुझेर आवश्यक उपचार सुविधाबारे चासो राखेका थिए।

 

भेटघाटका क्रममा मन्त्री लेखकले सरकार हैजा नियन्त्रणका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक सबै सहयोग गर्ने आश्वासन दिए। “सरकारले कसैलाई पनि असहजमा पर्न दिँदैन, हैजा नियन्त्रणका लागि सबै तह र निकाय जुटेका छन्,” उनले भने।

 

मन्त्री लेखकले इमरजेन्सी वार्ड, आइसियु र सामान्य वार्डमा उपचरार्थ  बिरामीहरूसँग पनि प्रत्यक्ष संवाद गरेका थिए। मन्त्री लेखसंगै संघीय कानुन मन्त्री अजयकुमार चौरसिया, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको समेत सहभागिता थियो।

 

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा गत १० दिनयता १५९ जनामा हैजा पुष्टि भइसकेको छ। जसमध्ये ११२ जना निको भई घर फर्किएका छन् भने हाल विभिन्न अस्पतालमा ४७ जना मात्र उपचार गराई रहेका छन ।

 

स्वास्थ्यकर्मीहरूका अनुसार समयमै उपचार र सुरक्षित खानेपानीको व्यवस्थाका कारण संक्रमणको दर केही घट्ने संकेत देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.