logo

वीरगञ्जमा जसपाद्वारा भूमि विधेयकविरुद्ध प्रदर्शन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १८ गते ०९: १८ मा प्रकाशित     459   पटक पढिएको

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले भूमि विधेयकको विरोधमा बृहत प्रदर्शन गरेको छ।

 

जिल्ला कमिटीले आयोजना गरेको प्रदर्शनलाई पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले नेतृत्व गरेका थिए।

 

 

र्यालीसहितको उक्त कार्यक्रममा प्रदेश सांसद सिंहासन साह कलवार,  शशी कपुर मियाँ, करिमा बेगम घनश्याम , वीरगंज महानगरपालिका वडा नं १४ का अध्यक्ष अजय चौरसिया १६ का वडाध्यक्ष पुरुषोत्तम चौरसिया, वडा नं ८ का वडाध्यक्ष रितेश गुप्ता महिला नेतृ रेखा साह लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।

 

नेतृत्वकर्ताहरूले भूमि विधेयकलाई “राष्ट्रघाती” भन्दै खारेज गर्न माग गरे। जसपा नेपालले सो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीलाई थप समस्यामा पार्ने र मधेशका राजनीतिक मुद्दा बेवास्ता गरेको आरोप लगाएको छ।

 

प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रियघाती भूमि विधेयक खारेज गर’ र ‘सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै तत्काल विधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.