logo

मधेशका संचारमन्त्री लेखीको कदम बदनियतपूर्ण,सरोकारवालाई निषेध गरेर ,राजधानीमा ऐन संशोधन सम्बन्धी गोष्ठीको आयोजना

 इसीमाना सम्वाददाता     २०८२ भदौ १९ गते १२: ३७ मा प्रकाशित     581   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति,नेपाल प्रेस युनियन मधेश प्रदेश समिति र प्रेस सेन्टर नेपालको मधेश प्रदेश समितिले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरि मधेश प्रदेशका गृह सांर ताथ कानून मन्त्री राजकुमार लेखीको रवैयाको कडा शब्दमा आलोचना गरेका छन । 

May be an image of map and text

मधेश प्रदेशको संचार ऐनमा संशोधनको आवश्यकताको पहिचान गर्न त्यसका कमजोर पक्षको बारेमा समिक्षा गर्न सरोकारवालासंग कुनै छलफल नगरि नियोजित रुपमा कानून संशोधनको दिशामा अगाडि गएपछि महासंघ सहितका संचार सम्बद्ध संस्थाहरुले उनको यो कदमको आलोचना गरेका हुन ।

मन्त्री लेखीले मुख्य सरोकारवालालाई पन्छाएर मधेस प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल प्रदेश बाहिर गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले आपत्ति जनाएको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफ्नो व्यक्तिगत ह्वाट्सअप ग्रुपमार्फत प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठीअघि काठमाडौंको कोटेश्वरमा छलफल हुने सूचना प्रवाह गरेका छन्।  

 

तर यसबारे ऐनका प्रमुख सरोकारवाला नेपाल पत्रकार महासंघ, अन्य संचार सम्बद्ध सघ संस्था संचार प्रतिष्ठानहरुलाई जानकारी नदिई गोप्य रुपमा संशोधनको प्रक्रिया अगाडि बढाए छन ।  उनको यो कदम बदनियतपूर्ण रहेको पत्रकारका संघ संस्थाले आरोप लगाएका छन । 

May be an image of text

प्रदेशमै सञ्चार क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र तिनका औपचारिक संघ–संस्थाहरू पनि सहभागी नगराइ काठमाडौँमा छलफल कार्यक्रम राखिनुले नियतगमै शंका उत्पन्न गरेको उनीहरुको ठहर छ ।

 

मधेशमै सरोकारवालासंग सम्पन्न हुनुपर्ने छलफललाई राजधानीमा राख्नु प्रदेश सरकारको बजेट दुरुपयोग हो,  विज्ञप्तिमा भनिएको छ ।

 

संघीयता प्रति ओठे भक्ति देखाउने संचारमन्त्री लेखीले ऐन संशोधन जस्तो महत्वपूर्ण बिषय संघीय राजधानीमा लगेर छलफल गराएर के सन्देश दिन खोजेका हुन भन्दै चर्चा चुलिएको छ । बिज्ञको आवश्यकता बिज्ञ मधेशमै बोलाउन सक्ने अवस्था थियो त्यसो नगरिनुमा लेखीको नियत ठिक छैन भन्ने देखिन्छ  । 

May be an image of the Western Wall and text

विज्ञप्तीमार्फत सरोकारवालाको सहभागिता र सहमतिबिना अघि बढाइने संशोधन प्रस्तावहरू अस्वीकार्य हुने र त्यसविरुद्ध प्रतिकार गर्न महासंघ बाध्य हुने चेतावनी दिइएको छ ।

महत्वपूर्ण ऐन संशोधन प्रक्रियामा सरोकारवालालाई पाखा लगाएर आयोजना गरिने कुनै पनि छलफल वा गोष्ठी औचित्यहीन हुने महासंघको ठहर छ । महासंघले संविधान २०७२ र सञ्चार–पत्रकारिता सम्बन्धी कानूनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन कदम स्वीकार्य नहुने चेतावनी पनि दिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.