logo

गृहमन्त्री लेखीको सफाई कार्यक्रम नीजि, सरकारको मर्यादा र गरिमाको खिल्ली उडाउदै

 इसीमाना सम्वाददाता     २०८२ भदौ १९ गते ०५: १६ मा प्रकाशित     270   पटक पढिएको

वीरगंज । सरोकारवालाको तिब्र असन्तुष्टि पछि मधेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आफनो बचाउमा फेसबुक स्टाटस मार्फत सफाई दिने कोशीस गरेका छन ।

 


उनको नीजि सचिवालय मार्फत काठमाण्डौ आयोजना हुने छलफल निजी भएको जनाएका छन । काठमाण्डौमा राखिएको परामर्श कार्यक्रम मन्त्रालयले आयोजना नगरेको तर मन्त्रीको निजी कार्यक्रम भएको जनाएको छ ।

 

मन्त्रीको काठमाण्डौ भ्रमणको तालिकामा  हुने सामन्य भेटघाट र विचार आदानप्रदान गर्ने नियतले राखिएको नितान्त व्यक्तिगत आयोजना रहेको विषय पनि प्रष्ट गर्दछौं भनिएको छ । 

सचिवालयका अनुसार काठमाण्डौमा रहेका  संचार क्षेत्र सङ जोडिएका मधेश भूगोल  र राष्ट्रिय परिवेशमा काम गर्ने श्रमजिवि पत्रकारहरु बाट सल्लाह र सुभाव लिने मात्र रहेको पनि प्रष्ट गर्न चाहन्छौं भनेर संचार ऐन संशोधनको बिषयमा छलफल गर्ने भने भएका छन । 


मन्त्री लेखीले आफनो ह्रवाटसअप ग्रुप मार्फत ऐन संशोधन गर्ने भनेरै निमन्त्रणा गरेका छन ।  मन्त्री लेखीले बिगत देखी नै झूठो बोल्दै आएकोमा यो कार्यक्रमका सन्दर्भमा उनलाई झूठो बोल्न कुनै  समस्या भएन ।

 

आफनो सचिवालय मार्फत बोल्न लगाएर मन्त्रीलेखीले प्रदेश सरकारको र आफनो समेत मर्यादा, गरिमा र जनउत्तरदायित्वको खिल्ली उडाएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.