रौतहट । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेशको अध्यक्षमा आफनो दावी पेश गरेका छन ।
प्रदेश अधिवेशन नजिकिदै जाँदा उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । जसपाको मधेश प्रदेशको नेतृत्व अहिले बालकिशोर यादवको हातमा छ ।
जसपा नेपालको भदौ ३१ गते देखी असोज १ गते सम्म जनकपुरमा प्रदेश अधिवेशन हुने तय भएको छ । यादवको घोषणले जसपा नेपाल मधेश प्रदेशलाई तरंगीत र चलायमान समेत बनाएको छ ।
मधेश प्रदेश सरकारको पूर्व राज्यमन्त्री भइसकेका यादव बिद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय हुदै आएका ब्यक्ति हुन ,संगठन निर्माणमा लामो योगदान गरेका यादवले यही कुरालाइृ आधार बनाएर अध्यक्षमा दावी गरेका हुन ।
उनले प्रदेशको अहिलेको नेतृत्व संगठन निर्माण परिचालन र जनताका मुद्धा उठाउन असफल भएको आरोप समेत लगाएका छन । उनले आफू प्रदेशको नेतृत्वमा आएपछि प्रदेश सरकारमा पार्टीलाई पुर्याउने ठोकुवा गरेका छन ।
यादवले पनि अरुले भने झै मिशन ०८४ सफल बनाउन संगठनलाई मजबुत बनाउन र जनतासामु स्पष्ट कार्यदिशा पुर्याउन आफूले सक्ने भएको भन्दै अध्यक्षको उम्मेदवार बनेको बताएका छन ।
अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा भदौ २५ गते हुने क्षेत्रीय भेलाबाट प्रतिनिधि छनोट हुनेछ। प्रदेश अधिवेशनले ६५ सदस्यीय कार्य समिति र ९ पदाधिकारी चयन गर्नेछ।
अधिवेशनमा कसले नेतृत्व सम्हाल्ने भन्ने प्रश्नमा जसपा नेपालभित्र निकै चासो बढेको छ। योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया