logo

सामाजिक सन्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८२ भदौ २३ गते ०२: ३२ मा प्रकाशित     459   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक संजाल बन्द गर्ने सरकारि निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

 

 आज  राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको एक टोलिले पर्साका प्रमुख जिल्ला अधिकारि तोया नारायण सुवेदी मार्फत समाजिक संजाल बन्दको बिरोधमा ज्ञापनपत्र बुझाएर  प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको हो । 

प्रमुख जिल्ला अधिकारि सुवेदीले ज्ञापनपत्र बुझ्दै आफुले रास्वपा पर्सा द्वारा बुझाइएको ज्ञापनको बिषयमा आजनै प्रधानमन्त्रीको कार्यालयलाई जानकारी  गराउने बताए  ।

  राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक संजाल बन्द गर्ने सरकारको नीतिलाई गम्भीररूपमा लिएको र यसले आमजनताको सूचनाको मौलिक अधिकारको समेत उलंघन गरेको रास्वपा पर्साका सभापति हरि  पन्तले बताए ।  

 

सभापति पन्तले सामाजिक संजालहरुको नियमन तथा ब्यबस्थापनका अन्य उपायहरु अबलम्बन नै नगरी सिधै  सामाजिक संजालहरु निरंकुश शैलिमा बन्द गर्ने  सरकारको निर्णयले ब्यबसायी ,विद्यार्थी देखि लिएर सम्पुर्ण नेपालीहरुको नागरिक अधिकार कुन्ठित भएको  भएको बताए ।    

 

ज्ञापन पत्र बुझाउने टोलिमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति  , सहसचिब कृष्ण पास्वान , क्षेत्रीय सभापतिहरु राम आर्या  , फैयाज मिया नगरसभापतीहरु माधब बस्नेत र चन्दन गुप्तालगायतको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.