logo

महोत्तरी क्षेत्र नं.४ मा एमालेको भेला सम्पन्न,जेन जी’ नामको दुरुपयोग अस्वीकार्य

 इसीमाना सम्बाददाता     २०८२ भदौ २८ गते ०८: २८ मा प्रकाशित     345   पटक पढिएको

महोत्तरी । नेकपा (एमाले) महोत्तरी क्षेत्र नं.४ को आयोजनामा शनिबार सम्पन्न भेलाले हालको राजनीतिक परिस्थितिबारे गम्भीर मूल्याङ्कन गर्दै केही ठोस निर्णय गरेको छ।

 

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यसम्म भएका गतिविधिको समीक्षा गर्दै भेलाले विशेष गरी जेन जी’ नामको दुरुपयोग र त्यसको आडमा भइरहेका गतिविधिबारे सचेत रहन अपिल गरेको छ।

May be an image of 4 people

भेलामा सहभागी नेताहरुले हाल केही समूहहरूले आफूलाईजेन जी  भन्दै, तर वास्तविक रूपमा त्यस पुस्ता वा विचारसँग सम्बन्ध नभई, अन्य पार्टी वा व्यक्तिगत स्वार्थका आधारमा गतिविधि गर्दै आएको आरोप लगाएका छन्।

 

उनीहरूले आन्दोलनको नाममा व्यक्तिगत सम्पत्ति तोडफोड, क्षति पुर्‍याउने र प्रतिशोधपूर्ण शैली देखाउने कार्यलाई ‘कदापि स्वीकार्य नहुने’ ठहर गरेका छन्।

 

निर्णयमा भनिएको छ,जेन जी का नाममा जेन जी नभएका समूहहरू वा अन्य पार्टीका कार्यकर्ताले एमाले भएकै कारण व्यक्तिगत सम्पत्ति लक्षित गर्ने कार्य गरिएमा त्यसको प्रतिकार गर्न सबै साथीहरू मिलेर तयार हुने प्रतिवद्धता जनाएका छन ।”

May be an image of one or more people

भेलाले यसलाई केवल राजनीतिक आडम्बर नभई सामाजिक अस्थिरता निम्त्याउने गम्भीर कार्यका रूपमा चित्रण गरेको छ। स्थानीय बासिन्दाले पनि यसप्रति चिन्ता व्यक्त गरेको र पार्टीले त्यसको जिम्मेवारीपूर्वक जवाफ दिनुपर्ने धारणा राखिएको छ।

 

यस्तै, भेलामा हाल देशभर देखिएको राजनीतिक असन्तुलन, पार्टीगत ध्रुवीकरण र युवा पुस्ताको नाममा भइरहेका गतिविधि कसरी व्यवस्थित गर्ने भन्नेबारे पनि छलफल भएको थियो।

 

 नेताहरूले एमालेप्रति विश्वास गर्ने जनतामाझ भ्रम सिर्जना गर्ने, जनताको सम्पत्तिमा हानि पुर्याउने वा व्यक्तिगत हिसाब किताब चुकाउने शैली अब सह्य नहुनेमा जोड दिएका छन्।

 

कार्यक्रममा वक्ताहरूले स्थानीय स्तरमा संगठनलाई थप मजबुत बनाउनुपर्ने, आम कार्यकर्ता र जनताबीच समन्वय गरेर राजनीति अझ शान्तिपूर्ण बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

May be an image of 1 person and text

 साथै, गलत गतिविधि गर्नेहरूलाई सामाजिक रूपमा चिनारी दिने र आवश्यक कानुनी कारबाहीका लागि दबाब सिर्जना गर्ने निर्णय पनि गरिएको छ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मधेश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले एमाले महोत्तरी क्षेत्र नं.४ का सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई संयमित, सजग र एकताबद्ध रहन निर्देशन दिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.