logo

संविधान दिवसमा वीरगञ्जमा मधेसी मोर्चाको विरोध प्रदर्शन

 इसीमाना सम्बाददाता     २०८२ असोज ३ गते १२: ३४ मा प्रकाशित     305   पटक पढिएको

वीरगञ्ज । संविधानले मधेसलाई अपुरो अधिकार र विभेदपूर्ण व्यवस्था गरेको भन्दै सात दलीय मधेसी मोर्चाले शुक्रबार वीरगञ्जमा विरोध कार्यक्रम गरेको छ।

 

 संविधान दिवसको अवसरमा मोर्चाले हातमा कालो पटी बाँधेर कालो दिवस मनाउँदै वीरगञ्जको घण्टाघरस्थित शहीद स्मारकमा पुगेर मधेस आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका छन।

 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीकी नेतृ करिमा बेगम, शशिकपुर मियाँ, निजामुदिन सेमानी, र घनश्याम प्रसाद सहित मोर्चाका नेताकार्यकर्ताहरूको उपस्थिति थियो।

 

 उनीहरूले संविधानले मधेसलाई समान अधिकार नदिएको र संविधानका कमजोरी सच्याउन संशोधन अपरिहार्य भएको धारणा राखे।

जसपा अध्यक्ष यादवले मधेस आन्दोलनको बलिदानलाई बिर्सन नहुने बताउँदै, “संविधानले अझै मधेसलाई न्याय दिएको छैन, त्यसैले हाम्रो संघर्ष जारी रहनेछ,” भनेर स्पष्ट पारे।

 

जनमत नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। अन्य नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेस, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका वास्तविक मागलाई बेवास्ता गरिएको आरोप लगाए।

 

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले हातमा कालो पटी बाँधेर असन्तुष्टि प्रकट गरेका थिए। स्थानीय बासिन्दाले पनि प्रदर्शनलाई नजिकैबाट अवलोकन गरेका थिए।

 

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्। त्यस्तै २०७२ साल असोज ३ गते जारी भएको संविधानको विरोध स्वरूप भएको मधेश आन्दोलनका क्रममा सहिद बनेका मधेशका  सत्रुघ्न पटेलको सम्झनामा उनको सालिकमा माल्यार्पण गरिएको छ 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.